हत्याको जाहेरी दर्ता नभएसम्म छोराको शव नबुझ्ने बाबुको अडान
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १७:३१:४७
१६ फागुन, दाङ । रोल्पाको रुन्टीगढी गाउँपालिका–२ का रुपलाल बिकले छोराको हत्या भएको भन्दै हत्यारालाई पक्राउ गरी कारबाहीका लागि प्रहरीले किटानी जाहेरी दर्ता नगरेसम्म छोराको शव नबुझ्ने अडान लिएका छन् ।
रुन्टीगढी–१ स्थित आफन्तको विहेमा हिँडेका छोरा २० वर्षीय राजेन्द्र बिकको गएको माघ २९ गते राति भीरबाट लडेर मृत्यु भएको भनिएको घटना दुर्घटनाबाट नभई सुनियोजित रुपमा स्थानीय केही व्यक्तिहरुले मिलेर हत्या गरी भीरबाट फालेको दाबी मृतकका बाबु रुपलाले गरेका छन् ।
घरदेखि केही टाढा रहेको राम्ली सामूदायिक वनको भीरमुनि करिब २ सय मिटर तल खोँचमा राजेन्द्रको शव फेला परेकामा त्यसलाई प्रहरीले भीरबाट लडेर मृत्यु भएको भनेर मुचुल्का उठाएपनि घटना हत्याबाट भएको दाबी मृतकका परिवारको छ । खसेकाे दूरी हेर्दा शव टुक्राटुक्रा हुनुपर्ने अवस्थाका रहेकाे तर शवमा टाउकाेमा बाहेक कतै चाेट नदेखिएकाे परिवारकाे दाबी छ ।
अर्काेतर्फ मृतक राजेन्द्रले बिहे जाँदा लगाएको कपडा निकालेर मृतककै घरमा फालेको तथ्यका आधारमा परिवारले हत्या भएको दाबीलाइ थप मल मिलेकाे हाे । बिहेमा जाँदा लगाएको जम्पर र हाफ ज्याकेट कपडा राजेन्द्रकी श्रीमतीले फागुन १ गते बिहान घरमै फेला परेकी थिइन् । यसबाट राजेन्द्रको हत्या भएको विषयलाई बल पुगेको छ । जुत्ता भने हत्यामा संलग्नता आरोप लागेका आरोपितका बाबुले आफ्नै घरमा लिएर गएको दाबी गरिएको छ ।
कपडा, जुत्ता लागतय सामानको बरामद भएबाट राजेन्द्रका हत्या भएको प्रमाण पुगेको भन्दै एक किशोरसहित ७ जनाविरुद्ध रोल्पा प्रहरी कार्यालयमा फागुन ४ गते जाहेरी दिँदा दर्ता गर्न अस्वीकार गरेको थियो । अहिलेसम्म दर्ता भएको छ ।
हत्यारालाई कारबाहीका लागि जाहेरी दर्ता गर्न नमानेपछि मृतकका बाबु रुपलालले सोमबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर न्यायका लागि गुहारेका छन् । जाहेरी दर्ता नभएसम्म छोराको शव नबुझ्ने अडान उनले पत्रकार सम्मेलनमा सुनाए । आफूले राष्ट्रिय मानव अधिकार र इन्सेकको क्षेत्रीय कार्यालयमा घटनाबारे सोमबार लिखित जानकारी दिएको उनले बताए । हत्याराले सजाय नपाएसम्म लडने अठोट उनले पत्रकार सम्मेलनमा व्यक्त गरे ।
राजेन्द्रको शव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे सर्वत्र चासो बढेसँगै प्रहरीले घटनामा संलग्नताको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तले घटना हत्या भएको र त्यसमा आफ्नो संलग्नता स्वीकार गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले बताए ।
रुपलालका अनुसार बिहेबाट फर्कने क्रममा राजेन्द्र गाउँकै एक युवकले बोलाएर लगेको पाइएको छ । २०७४ को स्थानीय चुनावबाट गाउँपालिका सदस्य समेत बनेका ती अभियु्क्तले आपसमा भनाभन हुँदा ढुंगाले हिर्काउँदा टाउकाेमा लागेर राजेन्द्रको मृत्यु भएको र त्यसपछि भीरबाट खसालिदिएको बयान दिएकाे प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार