सीडीओले जनाए सर्लाहीका मिटरब्याज पीडितहरुसँग न्याय दिलाउने प्रतिवद्धता
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १८:०:४२
१६ फागुन, सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यन्द्रदेव यादवले जिल्लाभरबाट जम्मा भएर गाउँपालिकाबाट आएर पूर्व–पश्चिम राजमार्गको छेउमै अनिश्चितकालीन धर्ना बसिरहेका मिटरब्याज पीडितहरूलाई धर्नास्थलमै पुगेर न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनको प्रतिवद्धतापछि धर्नाकारीहरुले मंगलबारदेखि धर्ना स्थगन गरेका छन् ।
सर्लाहीका झण्डै ६ दर्जनको संख्यामा मिटरब्याज पीडितले न्याय माग गर्दै यही फागुन ७ गतेदेखि नवलपुरस्थित पूर्वपश्चिम राजमार्गको छेउमै अनिश्चितकालीन धर्ना सुरु गरेका थिए ।
त्यसक्रममा जिल्ला समन्वय समिति (जिसस) सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी र प्रहरी अधिकारीसहितले धर्नाकारीहरुलाई न्यायका लागि सक्दो पहल गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए ।
समस्या समाधानका लागि तीव्र रुपमा पहल गरिने मेयर बुढाथोकीले बताए । उनले सुदखोरको मिटरब्याजबाट पीडितहरूलाई न्याय दिलाउने अभियानको नेतृत्व गर्दै आइरहेका छन् । धर्नाकारीहरुले साहुले गरेको दृष्टिबन्धक खारेज, राजीनामा पास फिर्ता, जाली तमसुक खारेज गरी लिलाम भएका जमिन फिर्ता गर्नुपर्नेलगायत माग राखेका थिए ।
ऋण लिँदा बनाएको कपाली तमसुककै आधारमा साहुहरूले अदालतमा मुद्दा हालेर धेरै मात्रामा ऋणीको घरजग्गा लिलाम गरेर सुकुम्वासीको अवस्थामा पुर्याउने हर्कत गरिरहेका छन् । सर्लाहीमा मात्रै अहिलेसम्म करिब ५०० को संख्यामा मिटरब्याज पीडित जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा पुगेका छन् ।
अदालतका कर्मचारीसँगको मिलेमतोमा सुदखोरहरूलाई सहयोृग पुर्याउने काम अदालतकै कर्मचारीबाट भइरहेकोा र उनीहरुकै योजनामा साहुहरुले फर्जी कागज देखाएर मुद्दा हाल्ने र पीडितको जायजेथा लिलामीमा पठाउने गरिएको पाइएको छ । मिटरब्याज पीडित संघर्ष समितिको नेतृत्व रुक्मिणी चौधरीले गरिरहेकी छन् ।
पीडितले आन्दोलन चर्काएपछि तीन वर्षअघि प्रहरीले सर्लाहीका कुख्यात सुदखोर श्याम परदेशी भनिने श्यामकृष्ण साह, रामबाबु राय जेलमा छन् । साहविरु सय जनाभन्दा बढीको उजुरी परेको छ । तर केही नामूद सुदखोर फरार सूचीमा छन् । सुदखोर सञ्जय साह रौनियार, उनका भाई उमाशंकर लगायत फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार