जेनेभा पुगेका गोविन्द बन्दीको पदीय हैसियत प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार मात्र !
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १८:४२:५६
१६ फागुन, काठमडौं । जेनेभास्थित संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सोमबार स्वीजरल्याण्डको जेनेभा पुगेका गोबिन्द बन्दी भनिने गोविन्द्रप्रसाद शर्मा कोइराला प्रधानमन्त्री प्रचण्डका ‘शान्ति तथा मानवअधिकार सल्लाहकार’ मात्र भएको पाइएको छ ।
आत्यबार साँझ उडेका उनी सोमबार बिहान जेनेभा पुगेका थिए । जेनेभा पुगेलगत्तै त्यहाँ रहेको नेपालको स्थायी नियोगले एउटा प्रेस विज्ञप्ति जारी गरेर सो कुराको जानकारी दिएको हो ।
उनलाई संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५२औं बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइपुगेको र उनले परिषद् बैठकको उद्घाटन सत्रमा सहभागिता जनाएको उल्लेख गरिएको छ ।
उदघाटन सत्रमा संयुक्त राष्ट्रसंघीय महासभाका प्रमुख सीकावा कोरियाेसी र महासचिव एन्टिनो गुटरेसलगायतले सम्बोधन गरेका थिए । सोही पदीय हैसियतमा बन्दीले आज परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
देशभित्र सरकारको विभागीय अर्था परराष्ट्र मन्त्रीले प्रतिनिधित्व गर्नुपर्ने कार्यँक्रममा एक विज्ञे हैसियतका कोयरालाई जेनेभा पठाएर प्रधानमन्त्रीले मानवअधिकारको अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश दिएको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।
सरकारमा सामेल दलहरुबीच तिक्तता आएसँगै प्रचण्डले एमालेका मन्त्री रहेकी परराष्ट्र मन्त्री विमला राई पौड्यललाई भ्रमणको अन्तिम घडीमा जानबाट रोकेर कोइरालालाई पठाएका हुन् । उनी नेतृत्वको टोली सदस्यमा परराष्ट मन्त्रालयका सचिव सापकोटा, सहसचिव सेवा लम्साल पनि छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार