सन्दीपलाई यूएईकाे त्रिकाेणात्मक सिरिज खेल्न नेपाली टाेलीमा समावेशका लागि आईसीसीलाई पत्राचार
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १९:२७:४४
१६ फागुन, काठमाडौं । सोमबार सर्वोच्च अदालतबाट विदेश जाने अनु पाएका क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी आईसीसी विश्वकपको लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न पठाउने प्रक्रिया सुरु गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी र यूएई सम्मिलित सिरिजका लागि सन्दीपलाई पठाउनका लागि सोमबार देखि नै प्रक्रिया सुरु गरिसकेको बताए । सन्दीपलाई यूएई सिरिजमा पठाउनका लागि क्यानले सोमबार नै आइसीसीलाई पत्रचार गरेको उनले बताए । आईसीसीले अनुमति दिएमा उनलाई यूएई पठाइनेछ । तर सन्दीपलाई यूएई पठाउँदा क्यानले एक जना खेलाडीलाई नेपाल फिर्ता बोलाउनुपर्ने हुन्छ ।
सर्वोच्चमा मुद्दा विचराधीन रहेपछि क्यानले गत शनिबार मात्र सन्दीपको ठाउँमा प्रतिश विष्टलाई समावेश गरी यूएई पठाएको थियो । साेमबार भएको खुलमा पपुवा न्यूगिनीलाई नेपालले सहज हराएको थियो ।
तर सन्दीपको नाम बिचमा समावेश गराउने व्यवस्था भए नभएको हेर्ने काम आईसीसीले अध्ययन गरिरहेको स्रोतको दाबी छ । प्रतियोगिताका लागि सम्बधित देशका खेलाडीहरुको अन्तिम नामावली समावेश भएर खेल सुरु भइसकेको अवस्थामा सन्दीपलाई छिराउन कठिन हुने ठानिएको छ । नाबालिग बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका सन्दीपलाई सर्वोच्चले विदेश जान सोमबार मात्र अनुमति दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार