मोटरसाइकलमा प्रेस लेखेर ठगीधन्दा चलाउने २ जना भारतीय पक्राउ
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १९:४४:१९
१६ फागुन, बुटवल । चिठ्ठाको नाममा पावर बैंक (चार्जर) पर्यो भनी उपभोक्तासँग ठगी गरेको आरोपमा दुईजना भारतीयलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । उनीहरु प्रेस टाँसिएको मोटरसाइकलमा चढेर ठगीधन्दा चलाउँदै आइरहेको खुलेको छ ।
प्रहरीले भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट सालझण्डीबाट पक्राउ गरेको हो ।
सैनामैना नगरपालिका–१० सालझण्डी झिमझिमेमा ५० रुपैयाँको चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको मोवाइलको ओरिजिनल पावर बैंक पर्ने भनेर मानिसहरुलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोवाइल चार्जका लागि सजिलो मानिने पावर बैंक किनेर घरमा लगी ४–५ घण्टा चार्ज गरेपछि मात्र पूर्णरुपमा काम गर्ने भनिएपनि दूई तीनमा पनि चार्ज नभएपछि पावर बैंकलाई खोलेर हेर्दा भित्र माटो मात्रै भेटिएको थियो ।
अभियुक्तहरुको साथबाट एमआई २० हजार मेगा एम्पिएर लेखिएको प्लाष्टिकको बट्टा भित्र माटो भएको वस्तु ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाइन्ट एक/एक थान, स्क्रयाच कुपन ७९ थान, मोटरसाइकल बरामद गरिएको छ ।
चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने गरी सेट गरिएको पाइएको छ । ठगीको उजुरी परेपछि खोजी गर्ने क्रममा पक्राउ परेका हुन् । उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार