सरकारबाट नबाहिरिने जनमत अध्यक्ष राउतको स्पष्टाेक्ति
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार २०:५३:३६
१६ फागुन, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आफू नेतृत्वकेा पार्टी सरकारबाट नबाहिरिने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय समितिको बैठकमा प्रशिक्षणमूलक मन्तव्य राख्ने क्रममा उनले यस्तो बताएका हुन् । सो कुरा उनले कार्यक्रमपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग बताए ।
अहिले सरकारबाट बाहिरिनुपर्ने कुनै परिस्थिति नरहेको उनको भनाइ छ । ‘अरु पार्टीहरु त माग पूरा भएनन् होला, कसैलाई राष्ट्रपति वा मन्त्रालय भएनन् होला’ उनले भने, ‘जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमै रहन्छ ।’
नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसानका माग पूरा गर्नुपर्नेलगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन नहुने अवस्था आएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने उनले बताए । राष्ट्रपति उम्मेदवारबारे संचारकर्मीको प्रश्नमा उनले ‘सभामुख र राष्ट्रपति सकेसम्म एउटै दलको नहोस् भन्ने पक्षमा जनमत पार्टी रहेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गत पुष १० गते गठन भएको सरकारमा जनमतसहित ७ पार्टीको समर्थन थियो । तर अहिले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवाी दर्तासम्म आइपुग्दा एमाले, राप्रपा, सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका छन् भने रास्वपाले समर्थन चाहिं कायमै राखेको छ । अहिले सरकारमा माओवादी केन्द्र र जनमत पार्टी मात्र सहभागी छन् । जनमतले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द पौडेललाई समर्थन गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार