लुम्बिनीका मुख्यमन्त्री गिरि संकटमा, सरकारबाट समर्थन फिर्ता लिँदै साना दल
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार २१:५८:४८
१६, फागुन, दाङ । केन्द्रमा राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ राजनीतिक गठबन्धनले लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । लुम्बिनी सरकारका मुख्यमन्त्री एमालेका लिला गिरि छन् । उनी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत दलहरुको समर्थनमा मुख्य मन्त्री बनेका थिए ।
४ सिट भएको नाउपाले भोलि समर्थन फिर्ता लिने भएको छ । उक्त पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफ्नो पार्टीले भोलि बस्ने प्रदेशसभा बैठकमा सरकारलाई लिएको समर्थन फिर्ता लिने बताए । उनले नाउपाले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई भोट हाल्ने बताए । नाउपा यसअघि एमालेसहितको गठबन्धनमा रहेको नाउपा कांग्रेससहित आवद्ध रहेर नयाँ बनेको गठबन्धनमा सहभागी छ । योसँगै नाउपाले एमालेबाट मुख्यमन्त्री बनेका गिरिलाई समर्थन निरन्तरता दिन नसकिने निर्णयमा पुगेको हो ।
यस्तै गिरिलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन फिर्ता लिने भएको छ । लोसपाको संसदीय दलका नेता सन्तोष पाण्डेयले पनि भोलि प्रदेशसभा बैठकबाट सरकारप्रतिको समर्थन फिर्ता लिने बताए । लोसपाको ३ सिट रहेको छ ।
माओवादी केन्द्र भने समर्थनबारे निर्णय लिन केन्द्रको बाटो हेरिरहेको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले भोलि बिहान बस्ने बैठकले निर्णय लिने बताए ।
लुम्बिनी प्रदेशसभामा ८७ सिटमध्ये बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । अहिले सबैभन्दा ठुलो दल एमालेसँग २९ सिट छ भने नेपाली कांग्रेसको २७, माओवादीको १०, राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमत पार्टीको ३ र जसपा र जसपाको ३÷३ सिट छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार