पोखरामा पनि उठ्यो खानेपानी नियमित नभएको गुनासो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार २३:४५:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/pani_ZViJMlZkeM.jpg)
१६ फागुन, अन्नपूर्ण ‘कास्की’ । पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाएकाे १० वर्षभन्दा बढी भयो । उनले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाडेकी छैनन।
पैसा तिरेर धारामा आएको पानीले उनलाई पुग्दैन् । “घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्”, उनले भनिन, “मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।” उनले खानेपानी संस्थानलाई मासिक रु एक सय १० बुझाउने गरेको बताइन । त्यसले नपुगेर महिनामा एक ट्याङ्कटर पानी आठ÷नौ सयसम्म तितेर खरिद गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरामा खानेपानी नियमित नआउने मात्र होइन मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा उनकाे खानेपानीको बिल ५५ हजारको आएको उनले बताइन । पछि निवेदन दिएपछि पाँच सय रुपैयाँ मात्र तिरिन । “मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि पाँच सय मात्र तिरेर आएँ”, उनले भनिन, “त्यो पछि पनि ३२ हजार आयो अनि फेरि निवेदन दिएर मिलाइयो । अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा एक सय १० तिर्छु ।”
सेवाग्राहीले गुनासो गरिरहँदा खानेपानी संस्थानका पोखरा कार्यालय प्रमुख आशिष कार्कीले त्यति धेरै समस्या नरहेको बताउछन । “पोखरामा पानीको त्यति साह्रै समस्या छैन्”, उनले भने, “समस्या नै नभएको त होइन तर ५० हजार धारामा पाँच÷१० प्रतिशतमा समस्या त हुन्छ नै ।”
संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उनको भनाइ थियो । पोखराभर एक सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उनले बताए । यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम गरिरहेको छ ।
डिजिटल रिडिङ डिभाइसमा कर्मचारी पोख्त नहुँदा समस्या भएको प्रमुख कार्कीले बताए । “भर्खरै हामीले डिजिटल रिडिङ डिभाइस ल्याएका छौँ । त्यसमा कहिलेकाहीँ धेरै अङ्क पनि हान्न सकिन्छ”, उनले भने, “यो भनेको मान्छेको गल्ती हो । यस्तो अवस्थामा निवेदन दिएको खण्डमा तत्कालै समाधान गरिन्छ ।”
यहाँ निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको काम सकिएपछि पनि समस्या धेरै सुधार हुने उनको भनाइ थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ‘जाइका’ अनुदान सहयोगमा निर्माणाधीन काम ८९ प्रतिशत पूरा भएको उनले बताए । जाइकाको पाँच अर्ब रुपैयाँको अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । कोरोनाका कारण काममा ढिलाइ भएकाले हालसालै एक वर्ष म्याद थपिएको उनले बताए । सन् २०२४ सालसम्म यो आयोजना पूरा भएपछि पोखराको खानेपानी समस्या केही हदसम्म पूरा हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार