पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टमा ४ जनाको शंकास्पद मृत्यु, प्रहरीदेखि मजदुर संगठनसम्म “तैं चुप मैं चुप”
नेपालबहस संवाददाता
फागुन १६, २०७९ बुधबार १:४:४९
१६ फागुन, भैरहवा । नेपाल उधोग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवं व्यवसायी पशुपति मुरारका र राजेशकुमार अग्रवाल मुख्य सञ्चालक रहेको अर्घाखाँची सिमेन्ट उधोगमा चार जना मजदुर मृत्यु प्रकरण रहस्यमय बनेको छ । यति ठूलो घटना भएको एक महिना भन्दा बढी भैसक्दासमेत नेपाल प्रहरी, उधोग स्वंय र मजदुर सङ्गठनहरू किन “तैं चुप मैं चुप” को अवस्थामा बसे भन्ने अर्को आश्र्चय भएको छ ।
अर्घाखाँची सिमेन्टको गम्भीर लापरवाहीले ४ जना मजदुरको शंकास्पद मृत्यु भएको हो । उनीहरुको मृत्युपछि आफन्तलाई समेत गुमराहमा पारिएको बताइएको छ । नेपाल प्रहरीले समेत महिनौंसम्म गुपचुप राखेको सो रहस्यमय मृत्यु प्रकरणको अनुसन्धान हुने कि नहुने भन्ने प्रश्न खडा भएको छ । प्रहरीले व्यक्तिगत प्रयोजनका लागि ल्याउने दुईचार जोर कपडा होस् वा कुखुराका अण्डा र चल्ला पक्राउ गर्दा निकै होहल्ला गर्ने प्रहरी यस्तो गम्भीर घटनामा किन चुप बस्यो भन्ने शंका उब्जिएको छ ।
रुपन्देही जिल्लाको सबैभन्दा ठूलो लगानीमा खोलिएको अत्याधुनिक अर्घाखाँची सिमेन्ट उधोग भित्र ४ मजदुरको करिब एक महिना अगाडि रहस्यमय मृत्यु भएको थियो । गत माघ १६ गते दिउँसो भएको दुर्घटना अहिलेसम्म गुपचुप राखिएको छ । ४/४ जनाको मृत्यु र २ जना गम्भीर घाइते भएको जघन्य घटना अहिलेसम्म गुपचुप छ । मृतकका परिवारलाई हप्तौं दिनसम्म सामान्य घाइते भएको भनेर झुक्याएको र पछि एक्कासी लास बुझ्न बोलाएको बताएका छन् । सामान्य दुर्घटनामा समेत मिडिया र सामाजिक सञ्जालमा चर्चा परिचर्चा हुन्थ्यो तर ४/४ मजदुरको शंकास्पद र रहस्यमय मृत्यु हुँदा झण्डै एक महिनासम्म सबै पक्ष मौन रहँदा यसले थप गम्भीर बनाएको हो ।
रुपन्देहीको मैनहियामा रहेको देशकै प्रतिष्ठित भनिएको अर्घाखाँची सिमेन्टमा एक महिनाअघि अर्थात माघ १६ गते दुर्घटना भयो । दुर्घटना भएको लामो समय हुँदासम्म उक्त घटनालाई बाहिर ल्याईएन । मैनहियामा रहेको अर्घाखाँची सिमेन्टमा आगोले जली घाईते भई ज्यान गुमाएका मजदुर मर्दा रुपन्देही प्रहरी चुप लागेको भेटिएको हो ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नं. २ स्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगको कोल मिलमा आगलागी हुँदा उक्त सिमेन्टमा काम गर्ने ४ जना कामदारको मृत्यु भएको हो । ४ मजदुरको रहस्यमय तरिकाले मृत्यु भएको घटना भने प्रहरीले जानकारी नै गराएन । एकै समयमा ४ जना मजदुरको मृत्यु भएको घटनालाई प्रहरीले गुपचुप राखेपछि प्रहरी माथि आशंका गरिएको छ । प्रहरीले मुचुल्का तयार पा¥र्यो तर घटना बाहिर आएन । १ नेपाली र ३ भारतीय नागरिकको मृत्यु प्रकरण हुदाँसमेत बाहिर नआउनु शंकास्पद देखिन्छ ।
उद्योगको कोईला भट्टीमा आगो लागेर ६ जना मजदुर घाईते भएको र तत्काल उपचारको लागि भैरहवामा रहेको युर्निभर्सल मेडिकल कलेज लगिएको थियो । त्यसमध्ये ४ जनाको मृत्यु भएको र २ जना उपचार पछि घर फर्कीसकेको रुपन्देही प्रहरीले हिजो सोमबार मात्र पुष्टि गरेको छ । आगोमा जलेर रुपन्देही मायादेवी गाउँपालिका कलौनी घर भएका बर्ष ४० को अड्डकत कुमार हरीजन, भारत बिहार स्थायी घर भएका बर्ष ३५ को शशीकान्त कुश्वाहा, भारत बिहारकै श्रीराम सिह, भारत कानपुर घर भएका बर्ष ४० को जितेन्द्र उतमको मृत्यु भएको हो । भारत बिहार घर भएका रनजकिशोर यादव र भारतकै महाराजगञ्ज घर भएका सिवलाल हरीजन घाईते भएकोमा उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।
बेलाबखत आगो लागिरहने सिमेन्ट उद्योगको कोईला प्लान्टमा १५ गते समेत आगो लागेको थियो । आगो नियन्त्रणका लागि दमकलको सहयोग लिइएको जानाइएको छ । अघिल्लो दिन दमकलको सहयोगले आगो नियन्त्रणमा लिए पनि अर्को दिन भित्र भित्रै सल्कीएको आगो एक्कासी विष्फोट भएर ती मजदुर घाईते भएको बताइन्छ । माघ १६ गते दिउँसो नजिकै होटल गर्नेहरुले सम्पुर्ण घटना देखेका थिए तर घटना भैरहँदा पनि सामान्यत उद्योग भने सञ्चालनमै थियो ।
एकजना सुरक्षागार्डले नाम नखोल्न सर्तमा भने, ‘मान्छे निकाल्दा पुरै डढेर मुसोजस्तो भैसकेका थिए, तर उनीहरुलाई हस्पिटल लगियो ।’ उनका आफन्तहरुलाई पनि खबर गर्दा घाईते भएको भनेर बोलाईयो र एकैपटक लास बुझाईयो । उनीहरुको प्राण गैसकेपनि उपाचार गरिएको नाटक गरिएको स्थानीयहरु बताउँछन् । घटना भएको स्वीकार गर्दै अर्घाखाँची सिमेन्ट प्रा.लि।ले बीमामार्फत क्षतिपूर्ति दिएको बताएको छ । स्रोतले भन्यो, दुर्घटना दुखद भयो, तर बीमा भएको कारण अलिक सहज भएको हो ।
तर नाम नखोल्ने सर्तमा एक स्थानीयले भने,‘ उनीहरुलाई क्रिया खर्चमात्रै दिइएको र क्रिया सकेपछि अन्य छलफल गरिने गरी लास बुझाईएको हो ।’ यसबारे अन्य तथ्य आउन बाँकी छ । उद्योगमा मजदुरको सामान्य सुुक्षा समेत ख्याल नगरी लापरवाहीपुर्वक ढंगले उद्योग सञ्चालन गरिरहँदा कुनै पनि निकायले उद्योग सञ्चालक र सम्बन्धित अधिकारलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छैन् ।
तर रूपन्देही प्हरी प्मुख एसपी भरतबहादुर बिकले नेपालबहसको जिज्ञासामा भने, “प्रहरीले घटनास्थल मुचुल्का तयार गरेको छ ।आगलागीको खबरपछि घाईतेहरुको उद्धार र उपचार गरिएको छ ।” प्रहरीको तर्फबाट कुनै गल्ती रअनुसन्धानमा लापरवाही नभएको प्रष्ट पार्दै एसपी बिकले भने सिमेन्ट उधोगको प्राविधिक टीमले आगलागीका बेला रास नै खसेर मजदुरहरु पुरिएको बताएको जानकारी दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार