सुदूरका तीन जिल्लामा शैक्षिक सामग्री वितरण
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार १८:२२:५५
१५ माघ, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ । एक गैरससरकारी संस्थाको सहयोगमा करिब ६ हजार बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीसहितको स्कुल झोला वितरण गरिएको हो । शैक्षिक गुणस्तरमा सुधार ल्याउन र सबैको शिक्षामा समान पहुँचका लागि सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका २९ सामुदायिक विद्यालयका ६ हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरिएको हो ।
परियोजनाको रु एक करोड १८ लाख लगानीमा उक्त सामग्री वितरण गरिएको ‘रुडुक’ डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए। ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक र चाइना फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको कार्यकारी निर्देशक साउदले जनाकारी दिए ।
स्कुलझोला विद्यालयमा अध्ययनरत छात्रछात्रालाई पठनपाठनलाई आवश्यक, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइ र दिवाखाजालाई आवश्यक गरी २० वटा सामग्रीको प्याकेज रहेको छ । डडेल्धुरा, कैलाली र कञ्चनपुरका २९ आधारभूत र माध्यमिक सामुदायिक विद्यालयका ६ हजार छात्र छात्रालाई ती सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ ।
डडेल्धुराका अमरगढी र परशुराम नगरपाकिाका १४ सामुदायिक विद्यालयका २२ सय ९९, कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका आठ सामुदायिक विद्यालयका २२ सय ४६ र कञ्चनपुरका कृष्णपुर र बेल्डाडी नगरपालिकाका ७ वटा सामुदायिक विद्यालयका १४ सय ५५ बालबालिकालाई ती सामग्री वितरण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार