विराटनगरकाे विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा घोषणा
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २०:९:२१
१७ फागुन, मोरङ । प्रदेश १ का मुख्यमन्त्रीको कार्यालय र निवास तथा प्रदेशसभा भवन क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेको छ । प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको हो ।
निषेधाज्ञा बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने र अनिश्चितकालसम्म कायम रहने जिल्ला प्रमुख अधिकारी (सीडीओ) तीर्थराज भट्टराईले आजै एक रुरी सूचनामार्फत जानकारी दिएका छन् ।
सीडीओ भट्टराईले निषेधाज्ञा प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म कायम रहने उल्लेख गरेका छन् । तथापि नामाकरण भएपश्चात पनि असहमत पक्षहरुबाट हुन सक्ने सम्भावित विरोध, धर्ना, जुलुस, झडपको अवस्था कायम रहेसम्म निषेधाज्ञा कायम रहने भनिएको छ ।
उनले विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९/११/१७ गते दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी रहने जनाएका छन् ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम कुनै किसिमका सभा, जुलस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको जरुरी सूचनामा जनाइएको छ । आदेश उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने उल्लेख छ ।
आजै मात्र प्रदेशसभा सचिवालयले गरेको प्रदेशको नामाकरणका लागि प्रदेशसभामा रहेका दलहरुसँगको नाम प्रस्ताव आह्वानमा एमाले, कांग्रेस र माओवादी केन्द्रले ‘कोशी’ र एकीकृत समाजवादी र जसपाले किरात–लिम्बूवान–सगरमाथा’ प्रस्ताव दर्ता गरिसकेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा एमाले, ४०, कांग्रेस २९ र माओवादी केन्द्र १३ सदस्इ छन् । प्रस्ताव पारित हुन कुल सदस्य संख्याका दुई तिहाई अर्थात ६३ मत आवश्यक पर्छ । तीन दल मिल्दा आवश्यक संख्याभन्दा बढी हुने भएका कारण प्रदेशको नाम ‘कोशी’ पारित हुने निश्चितप्रायः छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार