एन्फामा तनाव, हात हालाहालको अवस्था आएपछि बैठक स्थगित
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २०:२६:१०
१७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिमा चर्को विवाद भएको छ । बैठक सुरु हुनासाथ संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहातको अवस्था बनेको थियो । त्यसक्रममा टेबलको सिसा समेत फुटेको छ । बैठक अहिले स्थगित छ ।
२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए । तर अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डामा नराख्ने निर्णय गरेपछि विवाद बढेको हो । बिहान आठ बजेका लागि बोलाइएको कार्यसमिति बैठक साढे १० बजे मात्र सुरू भएको थियो ।
कार्यसमितिको बुधबार सुरु भएको बैठकमा नेम्वाङले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर यसलाई एजेण्डामा समावेश नगरेको बताएका थिए । एन्फाले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो । तर, तीन उपाध्यक्षसहित १२ केन्द्रीय सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्तीसहित ६ वटा एजेण्डा थप गर्न माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले बहुमत केन्द्रीय सदस्यको प्रस्ताव विधानसम्मत नभएको भन्दै एजेन्डा थप्न नमिल्ने दाबी गरेका थिए ।
आज उपाध्यक्ष दिपक खतिवडाले बहुमत सदस्यले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेका कारण उनीहरू बैठकमा बस्न नमिल्ने भन्दै अध्यक्षसँग उनीहरुलाई बाहिर निकाल्न अनुरोध गरेका थिए । तर, अध्यक्ष नेम्वाङले खतिवडाको कुरालाई अस्विकार गरे । त्यसपछि बहुमत सदस्यले उपस्थितिमा हस्ताक्षर गरेनन् । तर पनि अध्यक्षले बैठक निरन्तरता दिन लागेपछि असन्तुष्ट पक्षले बैठक बैधानिक नभएको भन्दै विरोध गरेका थिए । उपाध्यक्ष खतिवडाले बैठक बस्न नमिल्ने भन्दै टेबल ठोकेपछि सदस्य पुरुषोत्तम थापाले टेबल नै पल्टाइदिएका थिए ।
त्यस्तै, उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) र दावा लामाबीच पनि धकालाधकेल भएको थियो । त्यसपछि बैठकमा तनाव भएको हो । अहिले बैठक स्थगित भएको छ । त्यस्तै उपस्थितिमा हस्ताक्षर गरेका टिका लामाले पनि पछि आजको बैठकले गरेको कुनै पनि निर्णय मान्य नहुने भन्दै निवेदन दिएर निस्किएका छन् । बैठकमा देखिएको यहि विवादका कारण आसन्न सहिद स्मारक ए डिभिजन लिग पनि रोकिने सम्भावना बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार