१५ करोड ९२ लाख लागतमा नारायणी नदीमा तटबन्ध गरिदै
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २२:१८:०
१७ फागुन, चितवन । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ । यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो ।
महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नारायणी नदी संरक्षण र आरतीस्थलको आज यहाँ शिलान्यास गरे । सो अवसरमा महानगर प्रमुख दाहालले नदी संरक्षण अन्तर्गत पाँच चरणमा काम हुने र संरक्षणले महानगरवासीलाई सुरक्षित बनाउने बताए ।
उनले भने “नारायणी पुलमाथिको छ सय ४० मिटरको काम सुरुआत भएको छ । अन्य चार क्षेत्रको समेत सम्झौता भई काम अघि बढेको छ ।” यहाँको पर्यटकीय क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उनको भनाइ थियो । उपप्रमुख अधिकारीले धार्मिक पर्यटनको संरक्षणका लागि नयाँ योजना सुरु गरिएको बताइन । उनले भनिन “धार्मिक पर्यटनलाई महत्व दिँदै महानगरले काम गरिरहेको छ ।”
नारायणी नदी व्यवस्थापन आयोजनाले रु १५ करोड ९२ लाखका लागतमा नारायणी पुलको उत्तरतर्फको नारायणी नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागेको हो । यसका लागि गत पुस पाँच गते ठेक्का सम्झौता भई डाइनामिक कन्स्ट्रक्सन प्रालिले बोलपत्र सकार गरी काम गरिरहेको आयोजनाका निर्देशक गणेश मरासिनिले जानकारी दिए । उनका अनुसार हरियाली सहितको तटबन्ध गरिने छ । यो काम सम्पन्न गर्नका लागि १८ महिनाको समय दिइएको छ ।
यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण सुरु गरेको हो । अठ्ठाइस मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेने सो स्थलको निर्माण सम्पन्न गर्नका लागि रु एक करोड ७५ लाखमा ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।
उनका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थलमा ढुङ्गा छापिने छ । आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ । आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ । रु ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार