खाना पकाउने एलपीजी ग्यासको मूल्य बढाउने निगमको संकेत
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २२:४८:५२
१७ फागुन, काठमाडौं । भारतबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको मूल्य नेपालमा पनि बढ्न सक्ने संकेत दिएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले बुधबार पेट्रोलियम पदार्थको मूल्य घटाए पनि ग्यासको मूल्य भने बढाएर पठाएको छ । यहि मूल्यमा बेच्दा निगमलाई अब प्रतिसिलिण्डर ६३५ रुपौयाँ घाटा हुनेछ ।
निगम कर्मचारीका अनुसार आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको छ । तर, खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढाएर पठाएको छ । नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा अरुमा नाफा हुनेछ भने ग्यासमा घाटा हुनेछ ।
कर्मचारीका अनुसार खाना पकाउने एलपीजी ग्यासमा नेपाल आयल निगमलाई अब प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा हुनेछ । आईओसीले आज पठाएको नयाँ मूल्य सूचीअनुसार एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । यससँगै एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । यसबारे अब बस्ने सञ्चालक समितिले निर्णय गर्नेछ । ति कर्मचारीले भने,‘भारतबाट बढेर आएको ग्यासको मूल्य अनुसार अब धेरै घाटा हुने देखिएको छ ।’
यसअघि खाना पकाउने एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २ हजार ९६ रुपैयाँ थियो । यो मूल्यअनुसार निगमलाई प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा थियो । निगमले उपभोक्तालाई एलपीजी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ । मूल्य नबढाइ बेच्दा अब निगमलाई एक महिनामा ग्यासको बिक्रीबाट १ अर्ब ८६ करोड रुपैयाँ घाटा हुने ति कर्मचारीको भनाइ छ । १५ दिनको अवधिमा मात्रै निगमलाई ग्यासको बिक्रीबाट ९३ करोड घाटा हुने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार