राष्ट्रपति शिल्ड अर्घाखाँचीको उपाधि भूमिकास्थानकाे पाेल्टामा
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २३:१०:५५
१७, फागुन, अर्घाखाँची । सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नसकिदै रनिङ शिल्डमा भूमिकास्थान नगरपालिकाले कब्जा जमाएको छ ।
प्रतियोगिता अन्तरगत भलिवल खेल चलिरहेको भएपनि प्राप्त अंकका आधारमा ११ अंकसहित पहिलो स्थानमा परेपछि भूमिकास्थानले शिल्ड जितेको हो । रनिङ शिल्ड भूमिकास्थानले जित्दा ९ अंक सहित सन्धिखर्क दोस्रो स्थानमा परेको छ ।
यस अघि फर्जी खेलाडी विवादले प्रतियोगिता करिव दुई दिन अवरुद्ध भएको थियो । फर्जी खेलाडी मिसाएको पुष्टि भएपछि ११ अंकसहित भूमिकास्थान भलिबल खेलमा पहिलो स्थानमा कायम भएको छ भने सन्धिखर्क नगरपालिकाका तर्फबाट १२ पदक प्राप्त भएकोमा पदक जित्ने ३ खेलाडी फर्जी रहेको पुष्टि भएपछि सन्धिखर्कको ९ अंकसहित दोस्रो स्थानमा सीमित भएको हो ।
सन्धिखर्कका ३ पदक खोसिएकोमा ८०० मिटर दौड र १५ सय मिटर दौड गरी दुई खेलमा दोस्रो भएको शितगंगाको खातामा जाँदा शितगंगाले यी दुई सहित ६ अंक प्राप्त गरेको छ ।
त्यस्तै चार/चार सय रिले खेलमा सन्धिखर्कका तर्फबाट पदक जितेका खेलाडी फर्जी पुष्टि भएपछि उक्त खेलमा दोस्रो भएको मालारानीले स्वतस् पदक प्राप्त गर्दै एक अंक थपेको छ । छत्रदेवले एक अंक प्राप्त गर्दा पाणिनी शून्य अंकका साथ पुछारमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार