राजनीतिमा इमानदारीता र क्षमता नभएसम्म रूपान्तरण असम्भव : प्रदेशसभा सदस्य तिमिल्सिना
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बिहिबार ३:२५:३९
१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले राजनीतिमा इमान्दारिता त क्षमता आवश्यक हुने बताएका छन् । लुम्बिनी प्रदेशसभाको बुधबार बसेको छैठौं बैठकमा बोल्दै प्रदेशसभा सदस्य तिमिल्सिनाले राजनीतिमा स्थापित गलत भाष्यहरूलाई खारेज गर्नुपर्ने र नागरिकको सुरक्षाका सन्दर्भमा राज्य सम्वेदनशील हुन जरुरी रहेको बताएका छन् ।
बर्दिया, बाँके लगायत राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग नजिक मानव र बन्यजन्तु बिचको अन्तर द्वन्द दिनानुदिन बढेको कारण आज पनि बस्तीहरु जोखिममा रहेको सदस्य तिमिल्सिनाले बताए । सरकारले ठूला जंगलहरुमा आधुनिक तारबार लगाएर बन्यजन्तु र जनताको सुरक्षाका निम्ति सम्वेदनशीलता देखाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
तिमिल्सिनाले जनतालाई आधारभूत आवश्यकताको पूर्ति हुन नसकेको, गुणस्तरीय शिक्षा, सर्बसुलभ निशुल्क स्वास्थ्य, किसानलाई सहायता, उद्घमिलाई राहत सधै नारामा मात्रै सीमित रहेको बताएका छन् । सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी अपुग भएको, मिटर ब्याजको आतंक, १६ प्रतिशतभन्दा चर्को बैंकको ब्याजदरका दर्जनौं समस्या रहेको उनले बताए । बर्दिया लगायत प्रदेशभर जनता आवासका नाममा व्यापक खेलवाड गरिएको तर, बास्तविक सुकुम्बासीले बसोबासको सुविधा नपाएको भन्दै तिमिल्सिनाले प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
पर्यटकीय दृष्टिले लुम्बिनी, तिलौराकोट, कर्णाली, ठाकुरद्धारा र स्वर्गद्धारी , मानसरोवर जाने पर्यटकहरु नेपालगञ्ज भएर जाने गर्छन् । , गुल्मीको रेसुङ्गा, रुरुक्षेत्र सहितका दर्जनौं पर्यटकीय गन्तव्यहरु छन् । बर्दिया को ताराताल देखि भुरिगाउ तेलपानी हुँदै मुगुको रारा ताललाई जोड्न सक्यौं भने लुम्बिनी प्रदेश कै नमुना पर्यटकीय गन्तव्य बन्न सक्ने उनले बताए ।
नागरिकको सुरक्षाका सन्दर्भमा राज्य सम्वेदनशील हुन जरुरी छ । बर्दिया, बाँके लगायत राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग नजिक मानव र बन्यजन्तु बिचको अन्तर द्वन्द दिनानुदिन बढेको कारण आजपनि बस्तीहरु जोखिममा रहेको उनले बताए । सरकारले ठूला जंगलहरुमा आधुनिक तारबार लगाएर बन्यजन्तु र जनताको सुरक्षाका निम्ति सम्वेदनशीलता देखाउन तिमिल्सिनाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
परिवर्तनशील समयको काँचुली फेर्दै गरेको नेपाली समाज र राजनीति प्रदूषणवादी भएको र अब त्यसमा लोकप्रियतावादी अंश थपिएको बताए । उनले भने, “राजनीतिमा इमानदारी र क्षमता नभएसम्म रूपान्तरण असम्भव छ । लोकतन्त्र भनेको फगत शासनपद्धति मात्रै होइन, यो जीवनशैली हो । त्यसैले लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको मानिसको जीवनमा आएको सकारात्मक परिवर्तनको आधारमा मात्र लिन सकिन्छ।”
संसद जनताहरुको भावनाको प्रतिनिधित्व हुने साझा थलो हो । यो प्रतिनिधित्वको पछाडी जनताको आशा भरोशा छ । त्यो आशालाई वास्तविकतामा बदल्न, विकसित र गतिशील समाजलाई मध्यनजर गर्दै समय सापेक्ष ऐन, कानुनहरु बनाउनु आवश्यक रहेको तिमिल्सिनाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार