हेटौंडा–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडाैं आउने रूट एकतर्फी सञ्चालनमा
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १६:५५:५३
१८ फागुन, काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथमा आज बिहीबारदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो । कान्ति लोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
तर हेटौंडाबाट काठमाडौं आउन हेटौंडा–भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन भएको छ । काठमाडौंबाट हेटौंडा जान भने थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुनेछ ।
यसअघि फागुन १ गतेदेखि हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं र हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने जञ्ज्याङ–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक मर्मतका लागि दुई महिनाका लागि बन्द गरिएको थियो ।
अहिले याे रूट एकतर्फी खुला गरेर कान्ति लोकपथलाई बन्द गरिएकाे छ । ललितवुरकाे खाेकानाबाट कान्ति लाेकपथकाे बाटाे जाँदा हेटाैंडाकाे चाैघडानेर निस्किने गरिएकाे थियाे । याे लाेकपथमा खण्ड खण्ड ताेकेर सडक चाैडा पार्ने र पिचकाे काम जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार