कमलविनायक-नगरकोट सडक अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले भने- ‘काम तत्काल नसके ठेकेदारकाे लाइसेन्स खारेज हुन्छ’
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १७:३०:५६
१८ फागुन, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डको अनुगमन तथा निरीक्षण गरेका छन् ।
आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आइरहेका घरबेटी शरद अधिकारीले बनाउने ठेक्का पाएको यो सडक खण्ड विगत ८ वर्षदेखि अलपत्र अवस्थामा छ ।
पटकपटक म्याद थप गर्दा समेत अलपत्र छाडिएपछि श्रेष्ठ बिहीबार सडक अनुगमनमा पुगेका हुन् । उनले सडकको अवस्था हेरिसकेपछि संचारकर्मीहरुसँग ‘अब सहिन्नँ’ भनेका छन् ।
स्थानीयले सडक निर्माणमा चरम लापरवाही र हेपाहपूर्ण व्यवहारका कारण वर्षौंदेखि धुलाम्मे सडकबाट उठ्ने धुलोमाटोका घर समेत छाडनु परेको भन्दै काम सयमै सक्न माग गर्दै प्रदर्शन गर्दै ठेकेदार अधिकारी लगायतको तस्बिर सडक र सवारीसाधनमा टाँगेर विरोध जनाउँदै आइरहेका छन् ।
अनुगमनपछि सडक नबन्नुमा ठेकेदारकै चरम लापरवाही देखिएको बताए । तत्काल काम नसके कालो सुचीमा राखेर कम्पनीको इजाजतपत्र खारेजीसम्म गरिने बताए ।
कमलविनायक–नगरकोट सडकखण्ड अधिकारीको शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । अनुगमन टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको थियो ।
टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–मलेखु सडक विस्तारको काम सवारी नरोकेरै धमाधम गरिने
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार