रूपन्देही अदालतले ३ हजारभन्दा बढी वर्ष कैद र ४८ करोड जरिवाना असुल गर्न बाँकी

नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १७:२९:३

♦ मोहम्मद हबिब
१८ फागुन, भैरहवा । रुपन्देही जिल्ला अदालतले १४ फागुन २०७९ सम्म ३५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । फागुन मसान्तसम्म ३ हजार ११६ मुद्दा फर्छ्योट गर्नुपर्नेमा २ साता बाँकी छँदा २ हजार २१६ मुद्दा फर्छ्योट भएको हो । जिल्ला अदालतलाई जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षमा दर्ता भएको मुद्दामध्ये फागुन मसान्तसम्म ७१ प्रतिशत मुद्दा फर्छ्योट गर्नुपर्ने लक्ष्य रहेको छ ।
६ महिनाअवधि भित्र एक हजार एक सय ७१ थान मुद्दा फर्छ्योट गर्ने लक्ष्य दिए पनि अदालतले लक्ष्यलाई पार गर्दै एक हजार एक सय ७१ थान मुद्दा फर्छ्योट गर्न सकेको हो । अघिल्लो अर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ६ सय ४७ थान मुद्दा र यस वर्षको हालसम्म दर्ता भएको २ हजार ६ सय ५० थान मुद्दा गरी कुल ६ हजार २ सय ९७ मुद्दामध्ये विभिन्न ईजलासबाट ९ जना न्यायाधीसले २ हजार २ सय १६ मुद्दा फर्छ्योट भएको छ । जिल्ला अदालतको ७ हजार ५४४ अनुमानित वर्षिक लगत भएकोमा ५ हजार १ सय ९८ मुद्दा फछर्यौट गर्न सकिने लक्ष्य रहेको कार्यालयले जानकारी दिएको छ ।
लगत रहेको बाँकी मुुद्दामध्ये ३ सय २४ वटा मुद्दा २ वर्षभन्दा पुरानो रहेको छ भने जिम्मेवारी सरि आएका १७ सय बढी मुद्दाहरु ६ महिनादेखि २ वर्ष भित्रका रहेका छन् । त्यस्तै यस वर्ष दर्ता भएका १६ सय ९६ मुद्दा विगत ६ महिना देखि फछ्यौट हुन बाँकी छ ।
कार्यालयका अनुसार विशेष प्रकृतिका निवेदनहरुमध्ये अधिकृत बारेसनामा प्रमाणित, मृत्युको न्यायिक घोषणा, दर्ताद्वारा विवाह, संरक्षक प्रमाणितको मुद्दा अधिकांस फर्छ्योट भएको छ । यस्तै अदालतले मेलमिलापका लागि पठाएको ४ सय ३७ मुद्दा मध्ये ५३ वटा मुद्दा मात्रै मेलमिलाप भएको छ भने २५८ वटा मेलमिलाप नभई फर्केको छ । अदालतले १९ जना मेलमिलापकर्तालाई स्वीकृत गरेकोमा यस्ता मुद्दा अझै १२६ वटा बाकी रहेको छ ।
न्याय क्षेत्रको काम गराई पहिलाको तुलनामा धेरै सुधारोन्मुख रहेको छ, प्रविधिको प्रयोगले काममा सहजता भएको छ, धेरै भन्दा धेरै प्रवृधिको प्रयोग अदालतले नै गर्ने गरेको मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए ।
फर्छ्योट गरिएको मुद्धाको कार्यान्वयनका लागि समेत थप पहल भइरहेको, अदालतसम्म सर्वसाधरणको सहज पहुँच तथा कानुनको प्रयोग गरेकोले मुद्दा दर्ताको संख्यामा वृद्धि हुँदै गएको छ । मुद्दाको दर बढ्नु भनेकै अदालतमा सर्वसाधरणको पहुँच बढ्दै गएको हो ।
४८ करोड बढि जरिवाना असुल गर्न बाँकी
रुपन्देही जिल्ला अदालत कार्यालयबाट यस आर्थिक बर्षको माघ मसान्तसम्म १ करोड २९ लाख ८० हजार ६ सय ९९ रुपैया जरिवाना फर्छ्योट भएका छन् । त्यसै गरी कुल लगत जरिवाना ४९ करोड ५५ लाख ३४ हजार ८ सय ९० मध्ये ४८ करोड २५ लाख ५४ हजार १ सय ९१ रुपैया जरिवाना उठ्न बाँकी छ ।
कैदतर्फ माघ मासन्तसम्म ८ सय ३ वर्ष १० महिना १६ दिन कैद असुल गरिएको छ । कुल कैद लगत ४ हजार १ सय २३ वर्ष २ महिना ८ दिन रहेकोमा ३ हजार ३ सय १९ वर्ष ३ महिना २२ दिन कैद असुल गर्न बाकीँ रहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको अनुसार यति रकम जरिवाना र कैद बाँकी हुनुमा धेरै पुराना मुद्दाहरुको लगत कायम हुनु र ठुला जरिवानाको रकम फर्छ्योट नभएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज नाकाबाट केआईआईटीका १ सय ५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज नाकाबाट केआईआईटीका १ सय ५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार