अपहरण तथा शरीर बन्धक मुद्दाका ३ वर्षदेखि फरार प्रतिवादी चलान
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
फागुन १८, २०७९ बिहिबार १८:७:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/jel-e1677739051773_Ls4qJT0UU3.jpg)
१८ फागुन, बीरगञ्ज । अपहरण तथा शरीर बन्धक एवं जबरजस्ती चोरी मुद्धामा सजाय पाएर ३ वर्ष देखि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गराएको छ ।
पर्सा जिल्ला अदालतले २०७६/३/१० मा र उच्च अदालतले सोही महिनाको १९ गते बीरगञ्ज ११ का नागेन्द्रप्रसाद महतोलाई दोषि ठहर गर्दै १७ लाख ८३ हजार २४३ रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहँदै आएका महतोलाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाको नेतृत्वमा सोमबार पक्राउ गरी जिल्ला अदालत पर्सामा बुझाएको थियो ।
अदालतमा महतोले पूर्व निर्धारित फैसला बमोजिम जरिबाना रकम बुझाउन नसकेपछि अदालतले १० वर्ष कैदमा राखी जरिबाना असुल उपर गर्न कारागार पठाएको हो ।
२०७६ मै फैसला भएपनि अहिले बल्ल कारागार पठाएकाले यही फागुन १५ गतेदेखि लागु हुने गरी १० वर्ष कैद भुक्तान गर्नु पर्ने अदालतले आदेश दिएको हो ।
महतो पार्वती आयल स्टोरका संचालक समेत हुन् । वडा प्रहरी कार्यालय श्रीपुरले अदालतबाट फैसला भएका मुद्धाका फरार प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान नै चलाएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार