राष्ट्रियसभा उपाध्यक्ष अर्यालले गरिन् राष्ट्रपति भण्डारीको चर्काे आलोचना
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १८:३६:१२
१८ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेकी छन् ।
आज संसदीय पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिका लोकतान्त्रिक र निष्पक्ष नभएको भन्दै आलोचना गरेकी हुन् ।
‘राष्ट्रपति जी एमालेको जस्तो बन्नुभयो। उहाँले राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन । अरूको इसारामा चल्नुभयो,’ उपाध्यक्ष अर्यालले भनिन्, ‘नागरिकता विधेयकमा अनावश्यक राजनीति गरेर रोक्ने काम गर्नुभयो। एकपटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर प्रमाणिकरण नगरेर रोक्दिनुभयो ।’
नागरिकता विधेयक रोकेकै कारण नहुँदा धेरैले नागरिकता नपाएको उनले भनिन् । ‘राष्ट्रपतिजीले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो, पदको गरिमा राख्नुभएन‘ उनले भनिन्, ‘म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ र अर्थोकै गरेँ भने राम्रो हुँदैन ।’
अर्याल ३ हप्ता पहिले मात्र राष्ट्रिय सभामा उपाध्यक्ष निर्वाचित भएकी हुन् । उनी माओवादी केन्द्रकाे काेटाबाट निर्वाचित भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार