कर्णाली प्रदेश सरकारबाट फिर्ता भयाे राप्रपा, काेशीमा भने अनिर्णित
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १९:१७:४७
१८ फागुन, सुर्खेत । केन्द्र सरकारबाट फिर्ताको ६ दिनपछि राप्रपा कर्णाली प्रदेश सरकारबाट पनि फिर्ता भएको छ । माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई समर्थन दिँदै आएको राप्रपाले बिहीबार आफ्नो समर्थन फिर्ता लिएको हो ।
बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुख तिलक परियारसँग भेट गरेर पत्रसहित दिएकी छन् ।
पत्रमा मुख्य राजनीतिक दलहरु देश विकास र सुशासनमा लाग्नुको साटो अस्थिर राजनीतिक खेलमा लागेको भन्दै दुःख व्यक्त गरिएको छ । राप्रपा अस्थिर राजनीतिक खेलबाट अलग भएर प्रतिपक्षको भूमिकामा रहने पार्टीको निर्णयअनुसार समर्थन फिर्ता लिने निर्णय लिएको जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्र सरकार गठन हुँदा केन्द्रदेखि प्रदेश सरकार गठनका हुँदा एमालेसहित बनेको ७ दलीय सत्ता गठबन्धनमा रहेर समर्थन गरेको राप्रपाले केन्द्रमा आएको सत्ता समिकरण परिवर्तनपछि गत शनिबार नै केन्द्रदेखि प्रदेशसम्म सरकारबाट फिर्ता हुने निर्णय लिएको छ । कोशी प्रदेश सरकारलाई दिँदै आएको समर्थनबारे भने राप्रपाले निर्णय लिइसकेको छैन । त्यहाँ राप्राका ६ सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार