वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा मत माग्दै सांसदहरुलाई पठाए पत्र
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १९:४५:१३
१८ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सांसद रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहेका पाैडेलले बिहीबार आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका हुन् ।
बिहीबार कांग्रेस, माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिबद्धता जनाउँदै मत मागेका छन् ।
‘सबै धर्म संस्कृति, जात वर्ग लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको पालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोट व्यक्त गरेका छन् ।
‘नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारका रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु’ उनले पत्रमा लेखेका छन् । राष्ट्रपतिका अर्का उम्मेदवार एमालेका उपाध्यक्ष समेत रहेका सांसद सुवास नेम्वाङ पनि विभिन्न दलका नेताहरुसँग भेट गरी मत मागिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
संघीय संसदका ५ समितिको बैठक बस्दै
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार