अहिलेकै गठबन्धनबाट दोस्रोमा नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री : डा. शशांक कोइराला
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २०:४४:१५
१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. शशांक कोइरालाले ८ दलीय गठबन्धनबाट आगामी कार्यकालका लागि ३ जना प्रधानमन्त्री बन्ने बताएका छन् ।
उनले पहिला प्रचण्ड, दोस्रोमा एकीकृत समाजवादीका अध्यक्ष मधवकुमार नेपाल र अन्तिममा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेका छन् ।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई काठमाडौं राखिएको प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद डा. कोइरालाले माधव नेपाल एक वर्षका लागि मात्र प्रधानमन्त्री बन्ने बताए ।
२५ गतेपछि अर्को गठबन्धन बनेर प्रधानमन्त्री देउवा बन्ने कुरा हल्ला मात्र भएको र देउवा अन्तिममा मात्र प्रधानमन्त्री बन्ने विषयमा कुरा मिलेकाे बताए । संसदको अर्को कार्यकालको आमनिर्वाचन देउवाकै नेतृत्वमा हुने दाबी गरे ।
उनले पछिल्लाे चरणमा ८ दल मिलेर बनेको सत्ता गठबन्धन पछिसम्म जाने र यसैले देशको विकास गर्ने र जनतामा सुशासन दिने बताए । फरक प्रसंगमा उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा दलको ह्वीप नलाग्ने स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार