हामी यो गठबन्धनलाई पाँच वर्ष टिकाएर लान्छौः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २२:७:१५
१८ फागुन, काठमाठौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन ५ वर्ष टिक्ने बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई अभिमुखीकरण दिन काठमाडौंको तीनकुनेमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन दीर्घकालीन हुने दावी गरे ।
एमालेसँगको गठबन्धनको सुरुआतमै संसद् विघटन सही थियो कि गलत थियो भन्ने डिबेट आएपछि आफूलाई पहिल्यै गठबन्धन धेरै समय नटिक्ने लागेको उनले बताए । उनले अहिलेको गठबन्धन चोचोमोचो गरेर सरकार गठनका लागि मात्रै नभएर लोकतान्त्रिक नियम र मान्यताको रक्षाका लागि भएको बताए । प्रचण्डले नेपाली कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको दावी गर्दै अहिलेको गठबन्धन देखेर जनता खुसी भएको भन्दै कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको बताए ।
उनले आफ्ना लागि प्रधानमन्त्री पदभन्दा पनि राजनीतिक विचार प्रमुख भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा आफूले प्रधानमन्त्रीभन्दा आफ्नो राजनीतिक विचार, संविधान र लोकतन्त्र प्रमुख हो भनेर प्रस्ट रुपमा बताउने गरेको समेत उल्लेख गरे । ठूलो पार्टीको हैसियतामा कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव लिएर जाऔंभन्दा ओलीले नमानेपछि एमालेसँगको गठबन्धनबाट बाहिरिनुपरेको प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई ८ दलको मात्रै नभएर संसद्मा र निर्वाचन आयोगमा दर्ता भएका १० दलभन्दा बढीको समर्थन रहेको बताए । ’रामचन्द्रजीलाई नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीको पनि समर्थन छ । स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको जानकारी गराउँदछु,’ उनले भने । प्रतिनिधिसभामा प्राप्त गरेको विश्वासकको मतले आफूले नेपालमा राष्ट्रिय सहमति र एकताको रुपमा व्यक्त भएको बताए ।
प्रचण्डले भने,’मलाई विश्वास आएको विश्वासको मतले नै मैले आउने दिनेमा त्यस्ता पदमा राष्ट्रिय सहमति गर्न उचित हुन्छ भन्ने संकल्प गरेको थिएँ । राष्ट्रिय समझदारी र सहमति गर्नुपर्छ भन्ने स्टेटमेन्ट त्यहीबेला देखि दिँदै आएको हुँ । त्यसपछि पनि मैले बालुवाटारमा बैठक बोलाएर राष्ट्रिय सहमतिको कुरा गरेको थिएँ ।’ एमाले अध्यक्ष ओलीसँगको पछिल्लो वार्तामा मुलुकको वर्तमान अर्थतन्त्र, राजनीतिक स्थिति र भूराजनीतिक चुनौतीमा राष्ट्रिय सहमति आवश्यक परेको र दुवै जना गएर कांग्रेसलाई राष्ट्रपति पद दिऔं भनेर प्रस्ताव राखेको उनले बताए ।
उनले भने, ’राजनीतिमा देखापरेका विभिन्न समस्या सामना गर्न त्यसो किन नगर्ने भनेर मैले केपीजीलाई भनेको थिएँ । देशको ठूलो पार्टीलाई हामीले राष्ट्रपति तपाईंहरुलाई जिम्मा है भन्दा आम जनतामा राम्रो सन्देश हुने र त्यो सन्देशले शान्ति र संविधानमाथि खेल्ने विभिन्न खालको तत्वहरूलाई पनि म्यासेज जान्थ्यो । दुर्भाग्य भनौं उहाँ सहमत हुनुभएन । उहाँले कांग्रेसलाई समर्थन गर्न सक्दैनौं भनेपछि हामी दुई बाटो लाग्यौं । हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ । मन्त्रिपरिषद विस्तार प्रक्रिया आजैदेखि सुरू गर्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार