गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २२:२३:१८
१८ फागुन, काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश अधिवेशन अन्त्य भएको प्रमुखकाे कार्यालयले बिहीबार एक सूचना जारी गरेर जानकारी दिएकाे हाे ।
‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’ सूचनामा भनिएको छ ।
बुधबार बसेकाे प्रदेशसभा बैठक प्रदेश प्रमुख गुरुङको सम्बोधनपछि सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि भन्दै बैठक स्थगित गरेका थिए ।
केन्द्र सरकारमा एमाले सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको प्रदेश सरकार ढल्ने चर्चा भइरहेका बेला गण्डकीको अधिवेशन एकाएक अन्त्य भएको जानकारी दिइएको हो ।
गण्डकीका मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी छन् । काेशी, लुम्बिनीका मुख्यमन्त्री पनि एमालेकै छ । सुदूरपश्चिमका रहेका एमालेका मुख्यमन्त्री विश्वासकाे मत लिन नसक्दा पदमुक्त भइक्सकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार