पत्रकार ठूला नेताको मात्रै प्रचारमा लाग्नु गलतः सभामुख घिमिरे
नेपालबहस संवाददाता
फागुन १९, २०७९ शुक्रबार १८:५३:२८
१९ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालका सञ्चारमाध्यामहरुले वास्तविक र आवश्यक विषयमाभन्दा ठूला नेताको मात्र पछि लाग्ने गरेको अरोप लगाएका छन् । उनले जुन क्षेत्र र विषयले सञ्चारमाध्यामको सहयोग खोजेको हो त्यसमा उनीहरुको ध्यान नगएको बताएका छन् । महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको टिप्पणी उनको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चारमाध्यमहरुले त्यस अनुसार प्रचारप्रसार नगरेको आरोप लगाए ।
उनले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियता अनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको बताए । सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको गुनासो गरेका थिए ।
संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको उनको गुनासो थियो । यस क्रममा उनले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको भन्दै त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्ड्ली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताए । सञ्चारमाध्यमहरुले संसदको विषयवस्तु महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको पनि उनले बताए ।
उनले भने ‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढंगको मिडियाहरुले बाहिर प्रचार गर्न सकेको छैन । किनभने पुरुषहरु यति जना बोले, महिलाहरु यति जना बोले भन्ने ढंगकै हेर्ने हो भने पनि म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि उहाँहरुको सहभागिता चाहे शून्य समयमा होस् वा विशेष समयमा उहाँहरुको सहभागिता राम्रो छ । तर त्यो खालको प्रचारप्रसार छैन ।’
महिलासँग सक्रियतालाई अघि बढाउनका लागि विभिन्न माध्यम र तरिकाहरु अपनाउँदै अहिले सचिवालयले पनि महिला संसदमा उनीहरुको अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी परे बनाउने र नभए पनि ओरेन्टेसनहरु दिने र उहाँहरुलाई मिडियामा फ्रेण्ड्ली बनाउन के सहयोग गर्नुपर्छ भनेर आफले नीति बनाएको सभामुख घिमिरेले बताए ।
यस्तै खास नेताहरू बोल्ने दिन हुँदा संसद्मा मिडियाको आकर्षक उपस्थिति देखिने तर अन्य अवस्थामा उपस्थिति नहुने उनको भनाइ थियो । साथै मिडिया कन्टेन्टमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताको प्रचारमा मात्रै जाने आफूले देखेको उनले बताएका थिए । उनले सामान्य कार्यक्रमलाई पत्रकाारले महत्व नदिएको प्रति पनि गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार