त्रिविको स्ववियु चुनावमा नेविसंघबाटै दुई समूह दर्ता
नेपालबहस संवाददाता
फागुन १९, २०७९ शुक्रबार २२:५७:१३
१९ फागुन, काठमाडौं । आगामी ५ चैतमा त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)चुनावमा भाग लिन नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले छुट्टाछुट्टै संगठन दर्ता गराएका छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सभापति शेरबहादुर देउवा पक्षका पुरन रोकाया र शेखर कोइराला पक्षका गणेश भण्डारीले आज नेविसंघ दर्ता गराएका हुन् । संगठन दर्ताको समय आज दिउँसो १० बजेदेखि ३ बजेसम्म लागि तोकिएको थियो ।
स्ववियु नतेृत्व चयनका लागि आउँदो चैत ५ गते त्रिविका आंगिक ५२ वटा र सम्बन्धनमा रहेका देशैभरका कलेजहरुमा मतदान हुँदैछ ।
नेविसंघमा नेता पक्षधरताका आधारमा निरन्तर विवाद हुँदै आइरहेको छ । नेविसंघको केन्द्रीय अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवाले डुजाङ शेर्पालाई एक्लौटी निर्णयले नियुक्त गरेपछि विवाद झनै चर्किँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाई २५ मिलियन डलर क्षतिपूर्ति दिने
माघ १७, २०८१ बिहिबार
सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग
माघ १७, २०८१ बिहिबार
पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य
माघ १७, २०८१ बिहिबार
वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’
माघ १७, २०८१ बिहिबार