सरकारले प्रतिलिटर १० रुपैयाँले बढायो दुधको मूल्य
नेपालबहस संवाददाता
फागुन १९, २०७९ शनिबार १:१४:४५
१९ फागुन, काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो । किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।
किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको भएपनि यसको भार सिधै उपभोक्तामा पर्नेछ । अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्ने भएको छ ।
स्रोतका अनुसार किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय गरेको हो । अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ ।
किसानको मूल्यमै प्रतिलिटर ठूलो मूल्यवृद्धि गरिएपछि अब दूधको उपभोक्ता मूल्य सामान्य मानिसको पहुँच भन्दा महँगो हुने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने चिन्ता व्यक्त गरेका छन् । यस अघि गत २७ माघ २०७८ मा तत्कालीलन देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले वृद्धि गरेको थियो ।
तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवको स्वार्थमा गत वर्ष दूधको मूल्य वृद्धि गरिएको थियो । यस वर्ष पनि गतवर्ष जस्तै किसानको लागत मूल्य घटाउनेतर्फ भन्दा पनि सरकारले दूधको मूल्य बढाउने निर्णय गरेपछि यसबाट उपभोक्तालाई प्रत्यक्ष आहात पुग्ने छ ।
राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध व्यवसायीहरु मिलेर गत २ फागुनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य १० रुपैयाँले बढाउन सिफारिस गरेको थियो । दूधको मूल्य बढाउने पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्मा पेश गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार