राजनीतिको रंगः कांग्रेसले सत्ता आफ्नो भागमा त पार्ने भयो पचाउन पनि सक्ला ?
भेषराज पोखरेल
फागुन २०, २०७९ शनिबार १३:२०:२०
नेपालको राजनीति अत्यन्तै गतिशील र अस्थिरताको बाटोमा पुगेको छ । सामान्य रुपमा हेर्दा कांग्रेस जस्तो लामो समय प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहँदै आएको दल र कम्युनिष्ट व्यवस्थाको पक्षमा रहँदै विभिन्न अभियान चलाएका दलहरु राज्यशक्ति वरिपरि छन् । यिनलाई परिवर्तनकारी शक्ति भन्न सकिन्छ तर यी दुवै शक्तिबीच सत्ता र शक्तिको सहकार्य र चरम द्वन्द्व पनि चलिरहँदा राजनीति नै अस्थिर बन्न गएको छ ।
न कांग्रेसले बहुमत ल्याउँदा राज्यमा स्थिरताको आधार बस्यो न आफूलाई नरमधारको लोकतान्त्रिक कम्युनिष्ट मान्ने एमाले र अति क्रान्तिकारी मान्ने माओवादी केन्द्र एक भएर बनेको बहुमतको नेकपा सरकारले पनि स्थिरताको रेखा नै कोर्न सक्यो । कांग्रेस प्रजातान्त्रिक दल भएकाले जनताको रोजाइ त्यसप्रति कायमै छ । अर्को, समानताको नारा लगाउने कम्युनिष्टप्रति पनि जनताको आस्था मरेको छैन तर दुवै शक्तिबीच सहकार्य हुँदा पनि स्थिरता र परिवर्तनको आशा गर्न नसकिने, द्वन्द्व हुँदा झन् त्यस्तो आशा गर्न सकिने कुरा भएन । यो राष्ट्रका लागि डरलाग्दो अवस्था हो ।
निर्वाचनपछि कांग्रेस तत्कालका लागि कम्युनिष्ट शक्तिबाट टाढा भयो । फेरि माओवादी केन्द्रलाई नजिक ल्याएर सत्ता सम्हाल्ने अवस्थामा पुगेको छ । अन्य दलले पनि साथ दिने वतावरण बनेको देखिन्छ । कांग्रेसले पुनः शक्ति हात त पार्यो नै तर उसको तयारीलाई हेर्दा पचाउन पनि सक्ला ? भन्ने प्रश्न उठेको छ । राज्यशक्तिलाई स्थिरता, परिवर्तन, सुशासन, भ्रष्टाचारमुक्त शासन व्यवस्था जस्ता वियमा विसदरुपमा सोच्नुपर्ने बेला आएको छ । यी कुरालाई जनताले खाली सपना मात्रै हुन् भनेर चित्त बुझाउने कि अभ्यासमा नै भोग्ने ? जनता अहिले निरास बन्दै गएका छन् । उनीहरुलाई यी काय कांग्रेसले गरेरै छाड्छ भन्ने विश्वास दिलाउन अति जरुरी देखिएको छ । अब पनि कांग्रेसले यी आधार तयार गर्न सकेन भने जनताको आँखामा असफल सावित हुनेछ ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट एमाले फिर्ता भएपछि गठबन्धन कांग्रेसतिर मोडिएको छ । कम्युनिष्ट दल माओवादी, एकीकृत समाजवादी र जनमोर्चासहित आठ दलको गठबन्धन बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गर्ने लक्षण देखाएको छ । अर्कातिर एमालेका महासचिव शंकर पोखरेलले त राष्ट्रपतिको निर्वाचनपछि सरकारको नेतृत्व दाहालको हातमा रहने छैन भनेर घोषणा गरिसकेका छन् । यसले अर्को राजनीतिक परिदृश्य सुरु हुने आँकलन गर्ने ठाउँ दिएको छ ।
फागुन २५ पछि संविधानको धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमाएपछि ठूलो दलको हैसियतले कांग्रेसले उपधारा ३ अन्तर्गतको सरकार बनाउन सक्छ, पोखरेलले भनेका छन् । उनको आसय फेरि एमालेले दाहाल सत्ताको नेतृत्वबाट बाहिर जाने वातावरण सिर्जना गर्न सक्ने देखिन्छ । यस्तो अवस्थामा कांग्रेसले कस्तो भूमिका खेल्ने ? अहिलेकै अवस्थामा कांग्रेसले नेतृत्व आफ्नो हातमा त लिन सक्छ तर यसको सन्देश जनतामा कस्तो जाला ? यसको आँकलन गर्ने र त्यही अनुसार रणनीति तयार गरेर अगाडि जान सकेन भने देशको राजनीति नै थप अराजक बन्ने अवस्था आउन सक्छ ।
अहिले कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । यति भए पनि कांग्रेस अहिले सर्वाधिक कमजोर अवस्थामा छ । उसले त्यस्तो दह्रो सैद्धान्तिक तयारी पनि गरेको छैन र कम्युनिष्ट शक्तिबिना कुनै पनि निर्णय गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा सत्ताको नेतृत्व गर्दा कस्तो प्रतिफल दिने होला ? सबै साना, ठूला दलका नेताहरु अस्थिर र सत्ता, शक्तिको हिस्सामा नरहे अस्तित्व नै रहँदैन भन्ने मानसिकतामा रहेकाले सत्ता हातमा आउँदा कांग्रेसलाई बहुमत पुर्याउन अप्ठ्यारो छैन । कांग्रेस र एमालेमध्ये एकको समर्थन भए माओवादीलाई पनि तत्कालीन रुपमा बहुमत पुर्याउन अप्ठ्यारो छैन ।
तत्काललाई बहुमत पुर्याउन अप्ठ्यारो नभए पनि समग्र राज्यसंयन्त्रलाई निश्चित बाटोमा हिँडाएर जनतालाई परिवर्तनको आभास दिन कठिन छ । अहिले कांग्रेसले यस्तो वातवणका लागि बहस, विश्लेषण केही पनि गरेको छैन । नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति मानिएको कांग्रेस सबैभन्दा कमजोर अवस्थामा पुगेको योभन्दा अर्को कस्तो उदाहरण चाहिएला ? जसलाई प्रधानमन्त्री बनाए पनि देशलाई गति दिन बन्ने नीति नियम, तिनलाई लागूगर्ने क्षमता घट्नु भनेको कांग्रेसका लागि राम्रो होइन ।
अहिले दशको अर्थतन्त्र कमजोर अवस्थामा छ । अहिलेकै अवस्थामा देशभित्र उत्पादन बढाएर निर्यात घटाउने अवस्था त छैन नै भइरहेका उद्योगलाई कसरी बचाउने भन्ने अवस्था छ । पछिल्लो समय रेमिट्यान्स बढ्नाले विदेशी मुद्राको सञ्चिति केही बढेको छ तर आन्तरिक राजस्व स्वात्तै घटेर गएको छ । यही क्रममा आन्तरिक राजस्व घट्दै जाने हो भने राज्यले दैनिक प्रशासन चलाउन पनि ठूलै ऋण लिनुपर्ने अवस्था नजिकै छ । यो राष्ट्रका लागि डरलाग्दो अवस्था हो ।
अर्थतन्त्र सही बाटोमा ल्याउन कांग्रेसले कस्तो नीति अवलम्बन गर्ने ? खोई बहस छेडेको ? अर्थ मन्त्रालय जुन दलको हातमा जान पनि सक्ला तर नेतृत्वदायी दलले यसको जिम्मा लिनुपर्छ । यस दलको भागमा अर्थ मन्त्रालय परेको छ, गर्ला भन्न मिल्दैन । अहिले राष्ट्र बैंकले कडा मौद्रिक नीति लिएको छ । यसभन्दा अघि विलाशिताका तथा अन्य सामाग्री आयातमा प्रतिबन्ध तथा कडाइ गर्ने नीति लिइएको थियो । यसलाई व्यवस्थित रुपमा लागू गर्नुको साटो अवैध व्यापारलाई राज्यले देखेको नदेख्यै गर्यो जसले गर्दा भन्सार राजस्व स्वात्तै घट्यो ।
अझै पनि सुधारिएको छैन । यतातिर कांग्रेसले बेवास्ता गर्यो भने अर्थतन्त्र दुरुह अवस्थामा पुग्नेछ । यसको दोष, अपगाल कांग्रेसले नै बोक्नु पर्नेछ । कांग्रेसले सत्ता र शक्ति तब पचाएको मानिनेछ जब गठबन्धन सरकार भए पनि स्थिरता तर्फको बाटो बनाओस् । एक त देशमा रहेका तमाम विक्रितिमा कुनै परिवर्तन आउन नसक्ने अर्को, कुनै पनि नीति दह्रोसँग लागू गर्न नसक्ने अवस्था आउने हो भने सत्ता आउनु नआउनुको कुनै अर्थ रहनेछैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपराज्य संयन्त्रको केन्द्रमै भ्रष्टाचारः कस्तो सरकार, कस्ता दलहरू ?
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार