प्रधानमन्त्री बनाउन चम्केको रास्वपा राष्ट्रपतिको मतदानमा चुपचाप
नेपालबहस संवाददाता
फागुन २०, २०७९ शनिबार १९:३०:४१
२० फागुन, काठमाडौँ । मंसिर ४ को निर्वाचनपछि नयाँ पार्टीको रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बनाउने बेलामा आफ्नो शक्ति देखाएको थियो । तर अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अझै अनिर्णित बनेपछि चुपचाप देखिएको छ ।
संसदमा चौथो ठूलो दलको रुपमा उदाएको रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने बारेमा कुनै पनि निर्णय गरेको छैन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ दुवैले रास्वपा कार्यालयमा गएर मत मागिसकेका छन् । तर पनि रास्वपाले कुनै निर्णय गरेको छैन ।
राजनीतिक दलहरुबीच नयाँ ध्रुवीकरण भैसकेको र सरकार बनेको दुई महिनामै एमालेले सरकार छाड्नु र कांग्रेससहितको नयाँ सत्ता समीकरण बनिसक्दा पनि रास्वपाले आफूलाई कुनै पनि कित्तामा उभ्याएको छैन । राष्ट्रपतिमा उम्मेदवारी दिनुअघि कांग्रेस नेता रामचन्द्र पौडेलले रवि लामिछानेलाई भेटेर सहयोगको आग्रह गरेका थिए । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन मै उपप्रधानमन्त्री तथा गृहमन्त्री रहिसकेका लामिछानेले कांग्रेसले दाहाललाई समर्थन गर्ने परिस्थितिमा राष्ट्रपतिका उम्मेदवार पौडेललाई पनि मन वचन दिएका छैनन् । उनले साथीहरुसँग सल्लाह गर्ने भनेर फर्काएका थिए । अहिले पनि कुनै पनि निर्णय नगरी बसेको रास्वपाले एमालेलाई पनि वचन दिइसकेको छैन ।
संसद्का तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले सत्ता राजनीतिमा नयाँ कोर्स तय गरे पनि चौथो ठूलो दल रास्वपा भने अझै अनिर्णयको बन्दी बन्नुले एमालेलाई सहयोग गर्ने हो कि भन्ने आशंका पनि उब्जिएको छ । राष्ट्रपति निर्वाचनका लागि बनेको कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धन र नेकपा एमालेले दुवैले भावी सम्भावित सत्ता गणितलाई लिएर संसद्को चौथौ शक्ति रास्वपामाथि ध्यान केन्द्रीत गरेका छन् । ‘एमालेले रास्वपासँग अपेक्षा गरेको छ’, एमालेका एक पदाधिकारीले भने ।
तर रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले भने यो विषयमा छलफल गर्न बाँकी रहेको बताए । ‘हामी एक दुई दिनमै निष्कर्षमा पुग्छौ, राष्ट्रपतिमा सोचेरै मतदान हुनेछ’, प्रवक्ता ढकालले भने । उनका अनुसार पार्टी उपनिर्वाचनमा लागेको कारण यस विषयमा बैठकहरु बस्न नभ्याएकाले निर्णय नभएको हो । ‘केही दिनमै बैठक बस्नेछ, अहिले यो विषयमा पार्टीभित्र छलफल भएको छैन’, उनले भने ।
तत्कालिन सत्ता गठबन्धनमा उपप्रधान तथा गृहमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको रास्वपाका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतको फैसलाबाट पदमुक्त भएपछि सरकारबाटै बाहिर बसेको छ । तर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन भने गरिरहेको छ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्तापछि कांग्रेस र एमाले दुवैले पत्राचार गरेर राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न आग्रह पनि गरेका छन् ।
एमाले नेताहरुले उम्मेदवारसहित आज दिउँसो भेटघाट गर्ने कार्यक्रम समेत तय गरेका छन् । त्यसका साथै माओवादी नेतृत्वको सरकारले पनि रास्वपालाई सरकारका आउन आग्रह गर्ने बताइएको छ । कांग्रेसले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । अर्कोतिर राष्ट्रपति निर्वाचनसँगै लामो सहकार्यका लागि एमालेले पनि रास्वपालाई प्रस्ताव गरिरहेको छ । रास्वपाका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनको विषयलाई लिएर दुवै पार्टी (कांग्रेस–एमाले) सँग कुराकानी चलिरहेको छ । ‘कसलाई मत दिने निर्णय नभएपनि दुवै पार्टीका नेताहरुसँग कुराकानी चलिरहेको छ’, ढकालले भने ‘हामीले केही निर्णय नगरेको मात्रै हो समय आएपछि कसलाई मत दिने भन्ने थाहा पाइहाल्नु हुन्छ ।’
प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण कांग्रेसले रास्वपासँग मतको अपेक्षा गरेको छ । उता एमालेले पनि सहकार्य गर्न खोजिरहेका कारण राष्ट्रपतिमा मतको अपेक्षा गरिरहेको छ । तर रास्वपा भने कसलाई मतदान गर्ने भन्ने निर्णय नगरेपछि दुवै नेताहरुले बराबरी अपेक्षा गरेका हुन् । रास्वपासँग संसदमा १९ सीट रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार