धनुषामा प्रहरीद्वारा ६ सय ४५ फरार अभियुक्त पक्राउ
नेपालबहस संवाददाता
फागुन २०, २०७९ शनिबार २०:३६:९
२० फागुन, जनकपुर । धनुषा प्रहरीले गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या झन्डै सात सय पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै संख्यामा फरार रहदैँ आएकाहरु पक्राउ परेका हुन । उनका अनुसार यसका लागि एक जना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ। उनका अनुसार बिभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ ।
’जिल्ला अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको छौं, उनले भने । उनका अनुसार धनुषामा दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेको छन् ।
यस अभियानअन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन १९ गतेसम्ममा ६४६ जना फरार प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकालाई अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ भने केही भने अनुसन्धानका शिलशिलामा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरी नियन्त्रणमा राखिएकाले आवाश्यक कारबाही गरी छाडने र मुद्धा चलाउने कार्य गरिएको उनको भनाई छ ।
प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि फरार प्रतिवादीलाई खोजतलास गरी कारबाही चलाउन निर्देशन पछि सोही अनुसार कारबाही अभियान चलाईएको र सो अभियान अब पनि जारी रहने प्रहरी उपरीक्षक खडकाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार