प्रचण्डले विश्वासको मत लिएपछि मात्र देउवाले मन्त्री पठाउने
नेपालबहस संवाददाता
फागुन २०, २०७९ शनिबार २१:३२:३५
२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विश्वासको मत दिएपछि मात्र कांग्रेसबाट मन्त्री पठाउने सहमति भएको बताइएको छ । संसदबाट विश्वासको मत लिनु अघि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारबारे अन्यदलहरुसँग छलफल भने जारी राख्नेछन् । तर, कांग्रेसले भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र पार्टीमा छलफल चलाउने भएको हो ।
आठदलीय गठबन्धनमा प्रधामन्त्रीले सरकार विस्तारबारे छलफल सुरु गरेका छन् । अहिले प्रधानमन्त्रीसँग १६ मन्त्रालयमात्र छन् । कांग्रेसले ९ मन्त्रालयमा दावी गरेपनि उप्रधानसहित ८ मन्त्रालय लिने दुई नेताबीच सहमति भइसकेको नेकपा माओवादीका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्रीले विश्वसको मत लिनुभन्दा अगाडी नै मन्त्रिमण्डललाई पूर्णता दिन चाहेका थिए । तर, सभापति देउवाले दुबै निर्वाचन सकिएर विश्वासको मत लिनुभन्दा अगाडी मन्त्रिपरिषद विस्तार गर्दा समस्या आउन सक्ने भनेपछि प्रधानमन्त्री पनि पछि हटेका हुन् ।
देउवाले तत्काल सरकारमा सहभागि हुँदा जनतामा नराम्रो सन्देश जाने र मन्त्रिपरिषद विस्तार हुँदा विवाद आउन सक्ने भएकाले पहिले विश्वासको मत लिन प्रधाानमन्त्रीलाई सुझाएका थिए । अहिले सबै दलले सरकारमा जाँदा उपप्रधानमन्त्रीसहित खोजेकाले कति जना उपप्रधानमन्त्री बनाउने र त्यसको मापदण्ड कस्तो बनाउने भन्नेबारे छलफल चलिरहेको ति नेताले बताए । कुन दललाई कति मन्त्रालय दिने भन्नेबारे पहिले प्रधानमन्त्री प्रचण्डले अन्यदलहरुसँग छलफल गर्ने र गठबन्धनको बैठक डाकेर मन्त्रायलयकाबारे छलफल गर्ने सहमति भएको उनको भनाइ छ ।
उता, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने बताएका छन् । नयाँ सरकार गठनको विषयमा पनि त्यसपछि नै छलफल चल्ने उनले बताए । शनिवार सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र त्यसपछि प्रचण्ड नेतृत्वकै सरकारका कांग्रेस सहभागी हुने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार