दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने
नेपालबहस संवाददाता
फागुन २०, २०७९ शनिबार २१:४७:२
२९ फागुन, बीरगन्ज । दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ बाट संचालन हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने भएको हो ।
शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगन्ज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा फागुन २७ शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले जानकारी दिए । उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगीता गतबर्ष देखि परवानीपुरमासुरु गरीएकाले यस पटकका लागी निशुल्क रुपमा दर्शकका लागी खेल हेर्न सकिने व्यवस्था गरीएको छ ।
फुटबल प्रतियोगीतामा १० लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम व्यवस्था गरीएको अध्यक्ष आलमले बताए । दोश्रो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा कृष्णा फाउन्डेशन ,बैंगलोर रहेको छ भने अन्य एक दर्जन भन्दा बढि विभिन्न सह प्रायोजकहरु रहेको उनले बताए । यस्तै वीरगन्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले खेल प्रतियोगीतामा बिशेष सहयोग गरेका छन ।
आठ वटा टिम सहभागी हुने
एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिने भएका हुन । प्रतियोगीतामा आयोजक परवानीपुर युथ क्लब , नवजनजागृति युवा क्लब सिमरा , वीरगन्ज युनाईटेड क्लब वीरगन्ज ,जनकपुर स्पोर्ट क्लब धनुषा ,बेल्खाडी युवा क्लब महोतरी , हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।
प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार नगद,शिल्ड र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन । प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार ,मेडल र प्रमाणपत्र पाउने छन । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर,स्ट्राईकर,मिडफिल्डर र कोचलाई जनहि ५÷५ हजार प्रदान गरीने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट ९ म्यान अफ द सिरिज ० हुने खेलाडीले १० हजार पाउने छन ।
पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल राम , उपाध्यक्ष रवि राम ,महासचिव दिपक यादव ,सचिव धुप मन्डल, कोषाध्यक्ष सुरेश यादव ,सदस्यहरु सफिक आलम ,रेहान आलम९काले० ,सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
जसपाका मन्त्रीहरूले दिए राजीनामा
असार २१, २०८१ शुक्रबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार
छुम्बी लामा बने क्यानको प्रवक्ता
असार २१, २०८१ शुक्रबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार