साताको पहिलो दिन अमेरिकी डलर र युरोको भाउ घट्यो
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १४:५१:४१
२१ फागुन, काठमाडौं । साताको पहिलो दिनको कारोबार अर्थात आइतबार डलरसँगै युरोको भाउ पनि घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ। यसअघि शुक्रबार डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।
आइतबार युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । शुक्रबार युरोको खरिददर १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा रहेको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६२ पैसा तोकिएको छ। यसअघि शुक्रबारको कारोबारमा बेलायति पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९० पैसामा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ २३ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसामा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६५ पैसामा किनबेच भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार