चोरलाई डीएसपीकै निर्देशनमा मुद्दा चलाउन नदिएको छानबिन समितिको निष्कर्ष
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १७:५:५४
२१ फागुन, दाङ । दाङ प्रहरीले स्कुटर चोरीमा संलग्न युवालाई बचाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बनाएको छानविन समितिले प्रहरीले स्कुटर चोरलाई चिनजानको आधारमा मुद्धा नचलाई छोडेको निष्कर्ष निकालेको छ ।
घटनाबारे यथार्थ छानविन गर्न बनेको समितिले तत्कालिन कार्यालय प्रमुखकै निर्देशनमा पीडितकै सहमति लिएर प्रहरीले स्कुटर चोरलाई चिनजानका आधारमा मुद्धा नचलाई छोड्न निर्देशन दिएपछि मुद्धा ढिसमिस पारिएको पुष्टि भएको हो । त्यतिबेला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी राजन गौतम थिए ।
लुम्विनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राइलाई छानविन समितिले प्रतिवेदन बुझाइसकेको छ । पीडितले पनि स्कुटर चोर आफन्त भएकोले मुद्धा नचलाउन भनेको र प्रहरीले त्यसमा सहजिकरण गरेर मुद्धा मिलाई दिएको छानविन समितिले निष्कर्ष निकालेको डीआईजी राईले बताए ।
‘कार्यालय प्रमुखकै निर्देशनमा स्कुटर चोरलाई मुद्धा नचलाई छोड्ने काम भएको छ, छानविन प्रतिवेदन मैले अध्ययन गर्दैछु, छानविन समितिले औल्याएका कमजोरी अनुसार नै सुरक्षा अधिकारीलाई विभागीय कारवाही हुन्छ, प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने कारवाहीमा मैले सिफारिस नै गर्छु’ राईले भने ।
‘प्रहरीको शंकास्पद गतिविधिले संगठन नै बदनाम गर्ने काम भयो,’ डीआईजी राइले भने स्कुटर चोरलाई मुद्धा नचलाई छोड्ने बेला एसपी वीरबहादुर वली विदामा बसेका थिए । एसपी वली बिदामा बसेका बेला निमीत्त प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी राजन गौतमले स्कुटर चोरलाई छोड्न निर्देशन दिएको छानविन समितिको निष्कर्ष निकालेको छ । डीआईजी राईले स्कुटर चोरलाई प्रहरीले नै संरक्षण गरेको सन्देश प्रवाह भएकाले यसमा प्रहरी संगठनले गलत मनसाय राखेर काम गर्ने प्रहरी अधिकारीलाई कारवाही हुने बताए ।
सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि डीआईजी राईले घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा घटनाबारे सत्य तथ्य छानविन गर्न समिति बनाएका थिए । घोराहीको मुख्य चोक बीपीचोक नजिकै रहेको टिभिएस शोरुमबाट दिउँसै स्कुटर चोरी भएको र चोरीमा संलग्न युवालाई प्रहरीले मुद्धा नचलाई छाडेको समाचार सार्बजनिक भएको थियो । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी धीरजप्रताप सिंहले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए नभएको बारे छानविन गरेर कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएपछि प्रदेश प्रहरीमा कार्यरत एसपी नवरत्न पौडेलको नेतृत्वमा छानविन समिति गठन भएको थियो ।
तीन हप्ता अघि दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बीपीचोकको टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगेपछि शोरुम सञ्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोशसहित लेखेका थिए । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखेर प्रहरीमा उजुरी नै दिएका थिए । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउँदै गुनासो गरेका थिए ।
बिष्टले सीसी क्यामरा फुटेजसहित निवेदन सोही दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएका थिए । त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटी फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सीसीटिभी फुटेजको सहारामा स्कुटी चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो । माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर स्कुटी चोरीमा संलग्न ब्यक्तिलाई मुद्धा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार