‘सम्हालिएको जाती’ फिल्म युनिटबाट निर्माता निर्देशक लाखमान योन्जन सम्मानित

नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १७:३३:४८

२१ फागुन, इटहरी । निर्माणको अन्तिम चरणमा पुगेको फिल्म ‘सम्हालिएको जाती’ को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी सरणार्थीहरुको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ भने अब बाकी ३० प्रतिशत छायांकन नेपालमा हुने पत्रकार सम्मेलनमा बताईएको छ ।
इटहरीमा अवस्थित डिथ्री अनलाइनको सभाहलमा आयोजना गरिएको सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दिपक परियार, अभिनेता विक्रम विश्व र निर्देशक सन्तोष रामदामको उपस्थिति रहेको थियो ।
यस्तै पत्रकार सम्मेलनकै क्रममा लामो समयदेखी इटहरीबाट निर्माता, लेखक तथा निर्देशकको रुपमा अनुभव बटुल्दै फिल्म उधोगमा यहि ठाउँबाट योगदान पुर्याएको भन्दै फिल्म युनिटले कोशी भिजन फिल्मसका प्रबन्ध निर्देशक समेत रहेका लाखमान योन्जत तामाङलाई सम्मान समेत गरेको छ । तामाङसंग ३४ वर्षपछीको भेट भएको भन्दै फिल्मका निर्देशक रामदामले खुशी ब्यक्त गरे । वहाँको यो प्रगती र अनुभवलाई सम्मान गर्न पाउँदा र पुनः सहकार्य गर्ने अवसर जुरेको रामदामले बताए ।
ुसम्हालिएको जातीु फिल्मको नेपालमा हुने छायांकनको जिम्मेवारी पनि कोशी भिजनले नै पाएको छ । झापाको शरणार्थी शिविर तथा बिराटनगर एयरपोर्ट लगायत कोशी प्रदेशका विभिन्न ठाउमा यो फिल्मको छायांकन हुनेछ । फिल्ममा कलाकार बुद्धि तामाङको पनि विशेष भुमिका रहने जनाईएको छ ।
छायांकनको लागि उनको केहिदिन पछि उपस्थिति रहने पत्रकार सम्मेलनमा बताईयो । फिल्मको गीतमा लोकप्रिय गायिका अन्जु पन्त तथा अन्य गायक गायिकाहरुको स्वर रहने बताइएको छ । झन्डै १ करोड लागतमा बन्ने फिल्मलाई नेपाल, अमेरिका लगायत विश्वभर रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
‘रेशम फिलिली’ र भूकम्पको अनौठो सम्बन्ध !
फागुन १६, २०८१ शुक्रबार
फिल्म 'लाज शरणम्' ले पहिलो दिन कति कमायो ?
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार