झलनाथ र शंकरबीच पार्टी एकताबारे छलफल
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १७:४७:१४
२१ फागुन, काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ ।
नेता खनालको निजी निवास डल्लुमा शनिबार साँझ भएको छलफलमा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेको बताइएको छ । मुलुकको राजनीतिक परिदृष्य र आर्थिक संकटले सीमा नाघ्ने विन्दूमा पुगेको भन्दै दुई नेताबीच पार्टी एकताका लागि अनौपचाकि खाकासहित छलफल भएको बताइएको छ । उनीहरुले राजनीतिक रुपमा वामपन्थीबीच एकता वा तत्काल एकता संभव नभए सहकार्य गरेर अगाडि बढ्नेमा सहमत भएको बताइएको छ ।
अहिले देशको राजनीतिक आर्थिक अवस्था खराब रहेको र यस्तो बेला राजनीतिक नेताहरुबीच भेटवार्ता हुनु स्वभाविक भएको खनालले बताएका छन् । पाेखरेल एमाले अध्यक्ष केपी शर्माे ओलीकाे दूतकाे रूपमा त्यहाँ पुगेका थिए ।
केन्द्रदेखि प्रदेशसम्म रजनीतिक समीकरण फेरिएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको निरन्तर भेटवार्ता भइरहेको छ । गत मंसिरको प्रतिनिधिसभा चुनावमा खनाल इलामबाट हारेपछि पार्टीभित्र कर्नर पारिएका छन् । सोही कारण उनलाई अध्यक्ष नेपालले पार्टीबीच हुने वार्ता वा छलफलमा सहभागी गराउन छाडेका छन् भने बहुपक्षीय छलफलमा समेत उनलाई सहभागी गराउन अरुरी ठानेका छैनन् । यसबाट खनाल अध्यक्ष नेपालसँग पछिल्लो समयमा रुष्ट बन्दै गएका छन् ।
उनले राष्ट्रपतिमा एकीकृत समाजवादीसहितका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने नदिनेबारे पार्टीभित्र एक मत नरहेको भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका छन् ।
उनले पार्टी अध्यक्ष नेपालप्रति लक्षित गर्दै पार्टी सामूहिक निर्णयबाट चल्ने भन्दै व्यक्तिको निर्देशन र योजनामा नचल्ने बताउँदै आएका छन् । इमालबाट एमालेका महेश बर्ताैलासँग पराजित भएका उनले त्यस क्षेत्रमा पुन: मतदानकाे माग गर्दै सर्वाेच्चमा दायर रिट विचराधीन छ ।
यद्यपि महासचिव पोखरेल दाङबाट माओवादी केन्द्रकी रेखा शर्मासित पराजित भएका थिए । दुवै जना संसदमा छैनन् । शर्मा अहिले सरकार प्रवक्ता तथा संचारमन्त्री छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार