इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान प्रवर्धन गर्न दयाहाङ युएईमा
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १७:५९:५८
२१ फागुन, काठमाडाैं । नेपाली चलचित्र क्षेत्रका बहुचर्चित अभिनेता तथा इसेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो समेत रहनु भएका दयाहाङ राई संयुक्त राज्य इमिरेट्स् (युएई) गएका छन । ईसेवा मनि ट्रान्सफरको “मेरो डिजिटल देश“ अभियान अन्तर्गत इमिरेट्स एक्सचेन्ज र ईसेवा मनिट्रान्सफरको निम्तोमा अभिनेता राई शुक्रबार नै युएई प्रस्थान गरेका हुन् ।
राईले शारजाहस्थित इमिरेट्स एक्सचेन्जका सज्जा–३ शाखामा बेलुका ६ बजेदेखि ७ बजेसम्म मार्च ४ शनिवार दुबईस्थित सोनापुर शाखामा बिहानको ११ बजेदेखि १२ बजेसम्म, जेबेल अली शाखामा साँझको ५ बजेदेखि ६ बजेसम्म र ग्रान्ड हाइपर शाखामा बेलुकाको ६ः३० बजेदेखि ७ः३० बजेसम्म नेपाली रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेको इसेवा मनी ट्रान्सफरले जनाएको छ ।
आज आइतबारका दिन पनि अबुधावीस्थित मफराक सेन्टरमा दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म नेपाली रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको इसेवा मनी ट्रान्सफरले जनाएको छ । अभिनेता राईले यस अभियान अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहनु भएका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताए ।
उनले युएईमा आफुले सकेसम्म धेरै नेपालीसंग भेट्ने आकांक्षा रहेको बताएका छन । साथै उनले पुर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन । साथै, उनी युएईमा कार्यरत नेपालीहरु बसोबास गर्ने बिभिन्न स्थानमै गएर भेटघाट तथा डिजिटल रेमिट्यान्स सम्बन्धी अन्तरक्रिया गर्नुहुने कार्यक्रम समेत रहेको कम्पनीले जनाएको छ ।
इसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियानले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स भित्राउँन विभिन्न कार्यक्रम गर्नुका साथै यस अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ । मेरो डिजिटल देश योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने १ जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ ।
इमिरेट्स एक्सचेन्ज सन् १९८०मा स्थापित भएर युएइमा बैंक ट्रान्सफर, अन्तराष्ट्रिय मुद्रा एक्सचेन्ज, मोबाइल मनी ट्रान्सफर, लगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ। विगत ३ दशक भन्दा ज्यादा समयदेखि ग्राहकहरुलाई आफ्नो मनी ट्रान्सफर लगायतका अन्य सेवाबाट सन्तुष्टि प्रदान गर्दै युएइमा एकदमै रुचाइएको यस कम्पनीले हाल युएइका अधिकांस स्थानमा रहेका ३५ भन्दा बढी शाखाहरुबाट सेवाग्राहीलाई आफ्नो अमुल्य सेवा प्रदान गर्दे आइरहेको छ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६८ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार