माधव नेपालसँग ओलीको भेट गराउन शीर्ष तहबाटै कसरत
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १८:११:३७
२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताको वतावरण मिलाउन एमालेका शीर्ष नेताहरु यतिबेला हर प्रयासमा लागेका छन् । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन भइसकेपछि पार्टी एकताको सन्देशसमेत पठाएका ओलीले अहिलेसम्म नेपालसँग भेटवार्ता गर्न पाएका छैनन् । यसअघि राष्ट्रपतिको उम्मेदवार रहेका सुवास नेम्वाङलाई लिएर भोट माग्ने बहानामा उपाध्यक्ष विष्णु पौडेल लगयतका नेताहरुले नेपालसमक्ष पार्टी एकताको प्रस्ताव गरेको थिए ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदासमेत माधव नेपाललाई उक्त गठबन्धनमा राख्न नचाहेका ओलीले पछिल्लो समय पार्टी एकताकै प्रस्ताव पठाएपछि नेकपा एसका नेताहरुसमेत झस्किएका छन् । एकाएक ओली माधव नेपाल र उनको पार्टी नेकपा एसप्रति किन लचिलो र बफादार बनिरहेका छन भन्ने कुराले आफुहरुनै अचम्ममा परेको र यो रणनीतिक जाल हुनसक्ने नेकपा एसका एक नेताले नेपाल बहसलाई बताए । उनकै भनाई पछिल्लो समयमा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत हुँदादेखि प्रचण्डले नेकपा एसलाई पनि साथै लानुपर्छ भन्दासमेत नमानेका ओलीले नयाँ गठबन्धन बनेपछि नेपालसँग एकताको हात बढाउन खोजिरहेका छन् ।
झण्डै दुई वर्ष अघि ओलीको पेलान सहन नसकेको भन्दै एमालेबाट माधव नेपाल समूह बाहिरिएर नयाँ दल दर्ता गरको थियो । एमालेमै रहँदा पनि ओली र नेपालबीचको सम्बन्ध राम्रो थिएन । माधव नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजावादी गठन गर्दा एमालेमै रहेका नेपाल पक्षका नेताहरुलाई ओलीले लखेटेका थिए । ओलीको दवाव र उल्झन सहन नसकेर पार्टी छोडेका नेता घनश्याम भुसाल अहिले नेकपा एकीकृतमा पुगेका छन् । नेता भीम रावल भने अहिले पनि एमालेमा नै रहेका छन् । ओलीका अगाडी पार्टीमा केहि जोर नचलेपछि अलग्गिएका नेता बामदेव गौतमा पनि नेकपा एसमा नै आउने चर्चा सुरु भएको थियो ।
गौतम नेपालको पार्टीमा आउने सम्भावना बढ्दै गएपछि ओलीले गत हप्ता बामदेव गौतमलाई पनि भेटेका थिए । उनले गौतमलाई पनि एमालेमा फर्कन आग्रह गरेका थिए । तर, गौतमाले ७० वर्षे उमेरहद हटाउनुपर्ने लगायताका विषय कायम रहुन्जेल एमालेमा फर्किने अवस्था नरहेको बताएका थिए । ओलीले गौतमसँग पनि माधव नेपालको पार्टीलाई एमालेमा समावेश गराउनेपर्ने बताएका थिए । दुई नेताबीच माधव नेपालका विषयमा लामो कुराकानी भएको बताइएको छ । ओली अहिले फुटेर गएकाहरुलाई पार्टीमा फर्काउने कसरतमा रहेको कुरा केहिदिन यता चर्चामा आइरहेको पनि छ ।
एकीकृत समाजवादीको पार्टी कार्यलयमा पुगेर पार्टी एकताको प्रस्ताव गरिएपछि नेकपा एमाले र नेकपा एसका नेताबीचको भेटघाट पनि बाक्लिएको छ । मध्यम तहका नेतााहरुले लगातार वार्ता गरिहेपनि अध्यक्ष नेपालले भने यसलाई वास्ता गरेको देखिएको छैन । कुनै तहबाट पनि नेपाल र ओलीबीच प्रत्यक्ष वार्ता हुन नसकेपछि ओलीले महासचिव शंकर पोखरेललाई नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसामू यहि सन्देश पठाएका छन् । स्रोतका अनुसार महासचिव पोखरेलले आइतबार बिहान खनाल निवास डल्लु पुगेर उनीसँग भेटबार्ता गरेका छन् ।
एमाले महासचिव पोखरेल र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको बताइएको छ । नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका थिए । देश राजनीतिक र आर्थिक रुपले गम्भीर संकटमा पुगेको र यो अवस्थामा वामपन्थीबीचको सहकार्य गर्दै पार्टी एकतामा लाग्नुपर्ने प्रस्ताव उनको थियो । पछिल्लो समय राजनीतिक समीकरण फेरिएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको भेटवार्ता बाक्लिएको मात्र छैन ओली र नेपालबीच भेट गराउनसमेत असज भइरहेको छ ।
नेकपा एसका नेताको भनाइमा ओली अरु नसकेपनि नेकपा एसलाई यो गठबन्धनबाट बाहिर लगेर प्रचण्डसँग बदला लिने तयारीमा छन् । नत्र उनले एकाएक यस्तो प्रस्ताव पठाउनुको अर्थ छैन् । तीन वटा चुनाव सकिए चुनावका बेला यस्तो प्रस्ताव अनुउनुपर्ने थियो । तर, हामीमाथि उल्टै गाली गलौज भयो । तथानाम भनियो । उनले बाम एकता वा एमाालेसँग हाम्रो एकता सहि विषय भएपनि अहिले अरु दलसँग पनि एकताको गर्ने विषय चलिरहेकाले तत्काल एमालेको प्रस्ताव सहि उदेश्यले आएको भएपनि स्वीकार गरेर पार्टी एकता गरिहाल्ने आवस्था नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार