लघुवित्त र मिटरब्याजीविरुद्धको संघर्षमा विप्लवकाे साथ
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १८:२४:४५
२१ फागुन, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लघुवित्त तथा बैंकको चर्को ब्याज र मिटरब्याजीको नाफाखोर ज्यादतिबाट पीडित भएका नागरिकको पक्षमा उभिएका छन् ।
उनले आइतबार पिज्ञप्ति जारी गरेर पीडितहरुले पीडकहरुमाथि कारबाही र न्यायका लागि भन्दै देशभर जारी राखेका संघर्षमा उनले साथ दिने घोषणा गरेका छन् । यसअघि जिल्ला र क्षेत्रमा मात्र सीमित रहेर संघर्षलाई साथ दिँदै आएका उनी नेतृत्वको पार्टीले अब देशैभरका संघर्षमा साथ दिने स्पष्ट पारेकाे हो ।
महासचिव विप्लवले एक विज्ञप्ति निकालेर देशमा लघुवित्त, मिटरब्याज र चर्को बैंक ब्याजले लाखौ जनताको जीवन प्रताडित रहेको र उनीहरुकै आतंक र दमन झेल्न नसकेर सयौं संख्यामा नागरिकहरुले आत्महत्या र आत्मदाहको बाटोबाट ज्यान गुमाइरहेका बताउँदै अन्यायबाट मुक्त हुन लिइएको संघर्षको बाटो सही र एकमात्र विकल्प भएको बताएका छन् । पीडितहरुले संघर्षमा उत्रनु जायज भएको बताएका छन् ।
साथै उनले संसदीय व्यवस्थाका सरकारले पीडितहरुको उठाएको न्यायको आवाज नसुेनर उल्टै सरकारले प्रहरी प्रशासन लगाएर आन्दोलनकारी पीडितहरुमाथि दमन र लाठी प्रहार घटनालाई समाधान देख्ने हदैसम्मको जनविरोधी बाटो लिएको भन्दै दमनको घोर विरोध गरेका छन् । न्यायिक आवाज सुन्न र दमन रोक्न पनि उनले सरकारसँग आग्रह गरेका छन् ।
‘संसदीय व्यवस्थाले जनताको आवाज सुन्नु र उनीहरुको रक्षामा न्यायीक कदम चाल्नुको सट्टा प्रशासन र प्रहरीलाई लघुवित्त एवं चक्रब्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु हदै जनविरोधी एवं असैह्य कार्य होे । हाम्रो पार्टी सरकारको यो कदमको घोर विरोध गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
साथै मिटरब्याजी र वित्तीइ संस्थाहरुको चर्को ब्याज धन्दाविरुद्ध पीडितहरुले चलाइरहेको संघर्षले दलाल पूँजीपतिवर्ग र विभिन्न नामका शोषक, चुसाहा संस्थाहरुविरुद्धको संघर्षमा बल पुग्ने उल्लेख गर्दै नेपाल संघर्षको पक्षमा सदैव रहने समेत स्पष्ट पारिएको छ । संघर्ष जारी राख्न समेत अपिल गरिएको छ ।
यस्तै जाजरकोटमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला सचिवलगायत नेता कार्याकर्ताहरुलाई गिरफ्तार गरेर प्रशासनले अनाहकमा झुटा मुद्दा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । देशैभर जारी राखिएका दमन र गिरफ्तार रोक्न माग गर्दै गिरफ्तार गरिएका पाँचै जनालाई निसर्त रुपमा नेता कार्यकर्ताहरुलाई रिहा गर्न माग गरिएको छ ।
दमन जारी राखे त्यसविरुद्ध चल्ने संघर्षको जिम्मा लघुवित्त र राज्यले लिनुपर्ने चेतावनी दिइएको छ ।
यसअघि नेकपाले कपिलवस्तुको शिवराजगढी नगरपालिका लगायत विभिन्न क्षेत्रमा लघुवित्तलाई प्रवेश निषेध गरेको घोषणा गरिरहेको छ ।
यस्तै, मेडिकल व्यवसायी झापाका दुर्गा प्रसाईंले पनि लघुवित्त कम्पनीको किस्ता नतिर्न र बैंकको चर्को ब्याज नबुझाउन भन्दै सार्वनिक रुपमै अपिल गरिरहेका छन् । त्यसपछि गृहमन्त्रालले प्रसाईंको गतिविधिमाथि निगरानी राख्न ७७ वटै जिल्ला प्रशासालाई निर्देशन समेत दिइसकेको छ ।
उनले आइतबार नै भएकाे एक कार्यक्रममा जनयुद्धका भएका राम्रा नराम्रा घटनाका सम्पूर्ण जिम्मेवारी आफूले लिने समेत स्पष्ट पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार