ठेक्काकाे म्याद सकिँदा सडककाे काम एकचाैथाइ पनि नसकेपछि स्थानीयले गरे चक्काजाम
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १८:४५:३०
२१ फागुन, काठमाडौं । सडक निर्माणमा चरम लापरवाही र ढिलाई गरेपछि चाँडो बनाउन माग गर्दै दाङमा स्थानीयले आधा घण्टा चक्काजाम गरेका छन् । तुलसीपुर–घोराही चार लेन सडकखण्ड छिटो निर्माण हुनुपर्ने माग गर्दै आइबार बिहान ११ बजेदेखि आधा घण्टासम्म तुलसीपुरको हात्तीखौवा क्षेत्रमा चक्काजाम गरेका हुन् ।
तुलसीपुर–घोराही सडकखण्ड समयमै निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको भन्दै तत्काल काम सक्न माग गरे । सडक ४ लेनको नबनेको उनीहरुको भनाइ छ । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८.१९ किलोमिटर सडक बनाउने जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ ।
सन् २०१९ जनवरी २८ मा सम्झौता हुँदा ३३ महिनाभित्र सडक निर्माणको काम पूरा गर्नुपर्ने उल्लेख भएपनि आजसम्म काम एक चौथाई पनि नसकेपछि स्थानीय आधmोशित बनेका छन् ।
सडकको दायाँ बाँया खनेर भत्काएर अलपत्र छोडिदिँदा हिँडडुलमा समेत जोखिम बढेको छ । निर्णय सुरु गरेयतामात्र यो क्षेत्रमा सवारी दुर्घटनामा २५ जनाको ज्यान गएको उनीहरुको भनाइ छ । सुख्खा मौसममा धुलाम्मे र बर्षामा सडक खण्ड हिलाम्मे हुननाले यहाँका बासिन्दालाई चर्को मार परेको छ । ठेकेदारले अहिले त कामै ठप्प राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार