भिभोका दुई स्मार्टफोन– भी २५ ई र वाई १५ सीको घट्यो मूल्य
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १९:४:६
२१ फागुन, काठमाडाैं । भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन– भी २५ई र वाई १५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ । भी २५ ई (८+१२८ जीवी) को पुरानो मूल्य रु. ४२,९९९ थियो र रु ३००० घटेर अब यो स्मार्टफोन नयाँ मूल्य रु.३९,९९९ मा उपलब्ध हुनेछ ।
त्यस्तै रु १७,९९९ मूल्य रहेको भिभो वाई१५सी को मूल्य पनि रु ३००० ले घटेको छ । वाई१५सी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म रु १४,९९९ मूल्यमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुनेछ ।
भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनस्तर वृद्धि गर्न र उनीहरूलाई हाम्रा उत्पादनहरूमा थप पहुँचयोग्य बनाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनको मूल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुवै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”
भिभो भी२५ई मा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ । स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालिन फोटोग्राफीलाई सुधार गर्दछ ।
फोनमा ४४ वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ र प्रयोगकर्ताहरूले ब्याट्रीको जीवन वा फोन अत्यधिक तात्ने चिन्ता नगरी फोनका अन्य सबै क्षमताहरूको फाइदा लिन सक्छन् । भी२५ई मा मिडिया टेक हेलियो जी९९ सीपीयू छ जसले फोनमा भएका सुविधाहरूलाई सजिलैसँग सञ्चालन गर्दछ । यसमा ८ जीवी र्याम छ जसलाई ३.० र्यामको सहायताले ८जीवी सम्म विस्तार गर्न सकिन्छ । भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ । सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ ।
वाई१५सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् र यी सबैले सहज मनोरञ्जन अनुभव प्रदान गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार