बाबुराम र विप्लवकाे भाषण नसुनेर राष्ट्रपति भण्डारी भेट्न निस्किए प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १९:२२:१०
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेट गर्दैछन् । आज ‘शहीद तथा बपत्ता योद्धा सन्तति फाउन्डेसन’द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन् । ‘
उनले आज ८ दलीय गठबधनको बैठक र राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम रहेको बताउँदै सहभागी नेताहरुको भाषण बाँकी रहेकै बेला कार्यक्रमस्थलबाट बाहिरिएका हुन् । उनले राष्ट्रपति भण्डारीलाई आज सरकारको वार्षिक प्रतिवेदन बुझाउँदैछन् ।
कार्यक्रममा मुख्य अतिथिलाई अन्तिममा बोल्ने तालिका मिलाउने गरिएपनि पनि कार्यक्रममा प्रमुख अतिथि बनाइएका प्रचण्ड सुरुमै आफ्नो भाषण दिएर निस्केका हुन् ।
कार्यक्रममा जनयुद्धकालीन नेताहरु विप्लव, बाबुराम भट्टराई, कञ्चन, सुशिल लगायत सहभागी थिए । उनीहरू सबैजना अलगअलग पार्टीका नेता हुन् । उनीहरु एकै मञ्चमा उपस्थित भएको यो नै संभवतः २०७० को दोस्रो संविधानसभा यता पहिलो हो ।
प्रचण्ड प्रधानमन्त्री रहेकै बेला याेपटकदेखि जनयुद्धकाे स्मरणमा सरकारले सार्वजनिक बिदा दिन सुरू गरेकाे छ । साथै जनयुद्ध र जनआन्दाेलनका सहीदहरूलाइकाे नाम राजपत्रमा प्रकाशित गर्ने तयारी सरकारले गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार