भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादी रणनीति हो : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २०:२९:५५
२१ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा परिवर्तशील र विकासकाे पक्षमा काम गरिरहेके देखेर प्रतिकियावादीहरूले फेरि टाउके उठाउने र भ्रम छर्ने काम गरिरहेके बताएका छन् । ये बेला पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताए ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु एकजुट भएर सडकमा लाखौं जनता उतार्न तयार हुनुपर्ने र यसले प्रतिक्रियावादी शक्तिहरुलाई कमजोर पार्ने बताए ।
डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’सहितका पूर्वमाओवादी नेताहरु मञ्चमा सँगै रहेका बेला उनले एकजुट हुन आह्वान गर्दै प्रचण्डले भने, ‘एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन् । माओवादीले फेरि एकपटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ ।’
उनले आफू नेतृत्वको सरकार जनयुद्ध र परिवर्तनकारीको मुद्दा सम्बोधन गर्ने काममा लागिपरिरहेको बताए । एमालेप्रति लक्षित गर्दै प्रतिक्रियावादी माओवादीहरुविरुद्ध भ्रम छर्ने, घेरा हाल्ने र सखाप पर्ने काम भइरहेको बताए । संविधानमा थुप्रै कुरा अपूग र अधुरा रहेको बताए ।
‘प्रतिक्रियावादीहरुले अहिले पनि भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने काम सुरु भएको छ । त्यसलाई माओवादीले भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने भेला आएको छ’ उनले भने, ‘सबैले हासिल गरेका अनुभव र तितामिठाहरुबाट सिकेर अगाडि बढ्नुको विकल्प छैन ।’
सबै नेताहरूले आ-आफ्नाे तर्फबाट केही न केही नयाँ काम र अनुभव गरिरहेकाे र सरकारमा रहेर आफूले पनि केही नयाँ गरिरहेकाे कुरा बुझ्नु पर्ने उनकाे भनाइ थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार