मलाई काम गर्न सहज छैन, दोहोरो घेराबन्दीमा छुः प्रधानमन्त्री
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १९:४४:३९
२१ फागुन, काठमाडौं । नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई पप्रधानमन्त्रीका रुपमा काम गर्न असहज भइरहेको बताएका छन् । उनले आफुलाई प्रधानमन्त्रीबाट कसरी हटाउने भन्ने षडयन्त्र भइरहेको बताए पनि को बाट यस्तो षणयन्त्र भइरहेको छ भन्ने कुरा भने खुलाएनन् । प्रचण्डले आफूहरूविरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको पनि बताएका छन् ।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले माओवादीहरू विभिन्न धारमा विभाजित भएको अवस्था हुँदा पनि बलियो रहेको थाहा पाएर नै षडयन्त्र भइरहेको बताए । उनले आफू यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको दावी गरे । प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिँदै अब तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने बताए ।
प्रचण्डले अघि भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’ तर आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा पनि बिग्रिने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’ माओवादीहरू एकठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी तत्वहरू निकै कमजोर छन्, माओवादीले फेरि एकचोटि विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्री प्रचण्डले माओवादीविरुद्ध षडयन्त्र भएको बताए । ’हामी कमजोर भएको कारणले होइन, माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले विभिन्न धारामा भएपनि तिनीहरू एक ठाउँमा हुँदा त्यो जबर्जस्त प्रभाव छ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका षडयन्त्र गर्ने, घेरा हाल्ने गरिराखेका छन् । हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखिएकै कुरा हो,’ उनले भने, ’हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध गरिएको छ, त्यो एउटा शक्ति हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार