संघीय लोकान्त्रिक गणतन्त्र नै नयाँ जनवाद हो : बाबुराम भट्टराई
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २०:१०:४
२१ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नै नयाँ जनवादी क्रान्ति भएको बताएका छन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले से कुरा बताएका हुन् ।
आफू समाज रुपान्तरण र पविर्तन तथा सत्य र लडाइँको अभियन्ता भएको बताउँदै नदी सधैं अगाडि बढेजस्तै समाज रुपान्तरणको नियम नै अगाडि बढ्ने रहेको बताए । फरक बाटो रोज्दा अलिक छिटो पुगिने ठान्नु सोचकै प्रभाव रहेको बताउँदै समाज परिवर्तन भनेको एकता, संघर्ष र रुपान्तरण भएको बताए । ‘जीवन नै विपरीतहरुको एकत्व हो, उनले भने, ‘योग, तपस्या, ध्यान गर्छन्, तर किन समाज र संसार बदलिँदैन ?’
हरेकले गर्ने काम वैज्ञानिक हुनुपर्ने दाबी गर्दै कार्यनीति र रणनीति मिलाउन नसके मानिसमा विचलन र अत्यास आउने उनले बताए । मान्छेमा चाहना र ज्ञान नभएर विश्वमा क्रान्ति नभएको नभई विश्व परिस्थिति र समाजको अवस्थाले गर्दा सन् १९७५ तिर कम्बोडिया र भियतनामा भएको क्रान्तिपछि विश्वमा कहीं पनि क्रान्ति हुन हुन नसकेको बताए ।
तर नेपालमा सन् १९९६ मा विश्व प्रतिकूलताका बाबजुद जनयुद्ध सुरु गरेर एक जना व्यक्ति राज्यका राजा हुने र उसकै हुकुममा देश र जनता चल्नुपर्ने सामन्ती राजतन्त्र फाल्न संभव भएको उनको भनाइ छ । हिजोमा दिनमा जनवात जनताको जनवाद भनेकै आजको संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै माओवादी मलेसिया, थाईल्याण्ड, बर्मा, फिलिपिन्समा भइरहेको माओवादी आन्दोलन हराएजस्तै अवस्थाबाट जोगाउन नेपाली माओवादी आन्दोलनलाई शान्तिप्रक्रियामा रुपान्तरण गरिएको बताए ।
उनले जनयुद्धको एजेण्डा ८० प्रतिशत जति पूरा भएको र त्यसमा एक जना राजाको हातमा रहेको सम्पूर्ण अधिकार जनतामा ल्याएर जनताका छोराछोरी राष्ट्रपति बन्ने अवस्था आएको बताए । ‘यो भनेकै सार्वभौम सत्ता जनतामा आएको र जनताले नै सम्पूर्ण अधिकार प्रयोग गर्ने भन्ने हो।’ डा. भट्टराईले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार