वित्तीय क्षेत्रमा अराजकता मच्चाउनेमाथि कारवाही हुन्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २१:३७:५५
२१ फगुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आइतबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका गभर्नरसहित वित्तीय र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले अराजक तत्वहरूले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेको बताउँदै उनीहरुलाई कारवाही गर्न सरकार तयार रहेको बताए । उनले यस्ता घटनाहरूलाई सरकारले गम्भीर रुपमा लिएको र बैंक तथा वित्तीय क्षेत्रका समस्या सुल्झाउन पहल पनि गरिरहेको बताए ।
बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयमा गभर्नर बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । उनले भने,‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ । लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन् । यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन् । यी सबै घटनालाई सरकारले गम्भीर रूपमा लिएको छु ।’
अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै रहेको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको बताए । प्रचण्डले सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन रहेको बैंक तथा लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति पनि जानकार र सचेत रहेको बताए । यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुको सुझाव पनि आवस्यक भएको बताउँदै समस्या समाधानका लागि उच्चस्तरीय आयोग नै बनाउने सोच बनाएको बताए ।
बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमान अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताएका थिए । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझाव प्रस्तुत गरेका थिए । छलफलमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।
यसअघि पछिल्लो समय केही व्यक्तिले बैंक तथा लघुवित्त संस्थाहरूविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिलाई लिएर बैंकहरुले भत्सर्ना गरेका थिए । वाणिज्य, विकास बैंक, फाइनान्स र लघुवित्तका संघहरुले संयूक्त रुपमा विज्ञप्ति जारी गर्दै ऋण नतिर्ने मनसायले आन्दोलनको घोषणा गर्ने, बैंकका कर्मचारीलाई हतोत्साही हुनेगरी धम्कीपूर्ण अभिव्यक्ति दिनुले अराजक व्यवहार प्रष्ट भएको उल्लेख गर्दै सरकारसँग सुरक्षा मागेका थिए । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयूक्त विज्ञप्ति नै जारी गरी सरकारको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले आज छलफल राखेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार