पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २२:३७:४५
२१ फागुन, कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रू आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो ।
राजमार्ग चौँडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले जानकारी दिए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक स्तरोन्नतिपश्चात् कालोपत्र गर्ने उनले बताए ।
“दश वटा पाइप कल्भर्ट चौँडा गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक मर्मत गरी चार लेनको बनाइँदैछ”, उनले भने। ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक÷एक लेन थप्न लागिएको चटौतले जानकारी दिए ।
गत वर्ष सडक बोर्डमार्फत राजमार्गको भाँसी सडक खण्ड चौँडा गरिएको थियो । गड्डाचौकी, दैजी, सिसैयालगायतका क्षेत्रमा यसअघि नै सडक चौँडा गरिएको छ । सडक निर्माणका लागि मुमताज कन्ट्रक्सन, जसलिङ जेभी कम्पनीले र कल्भर्ट निर्माणका लागिमैनाचुली जेभिसँग ठेक्का सम्झौता गरिएको थियो ।
पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको अगाडि बढाइँदै आएको छ । चालु आर्थिक वर्षको असारमसान्तसम्म सडक र कल्भर्ट चौँडा गर्ने काम सम्पन्न गरिसक्ने गरी समय सीमा निर्धारण गरिएको छ ।
यसैगरी, सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सातमा सडक निर्माण गरिरहेको छ । “जग्गा प्राप्ति नहुँदा एक निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति अगाडि बढ्न सकेको छैन”, सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, “बाँकी सातमा कार्य अगाडि बढिरहेको छ ।” उनका अनुसार हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ ।
चटौतले भने, “दुई वर्षभित्रकाम सक्नुपर्ने गरी सम्झौता भएको हो । सातवटै सडक स्तरोन्नतिका लागि रू तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ ।” निर्माण थालिएका सातवटै सडक आठदेखि १० किलोमिटरका हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
रामेछापमा गाडी दुर्घटना: ५ जनाको मृत्यु, जनप्रतिनिधि पनि परेको आशंका
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार