नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्ने गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २१, २०७९ सोमबार ०:२०:४६
२१ फागुन, काठमाडौं । नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्न मद्दत पुर्याउने उद्देश्यसहित तयार भएको ‘गण्डकी प्रदेश’को वृत्तचित्र इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ । चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवर्द्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो ।
करिब १० मिनेट लम्बाई रहेको यस वृत्तचित्रमा गण्डकीका केहि प्रमूख छायांकन सम्भावित स्थलहरु समेटिएको छ । यो वृत्तचित्र सुयोग गुरुङ्ले निर्देशन गरेका हुन् । प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत पनि प्रचार(प्रसार हुनुपर्ने आवश्यकता महशुस गरी बोर्डले वृत्तचित्र निर्माण गरी पछिल्लो समय संयुक्त अरब ईमिरेट्समा भएको ुनेपाल चलचित्र फेस्टुमा प्रदर्शन गरिएको थियो ।
बोर्ड अध्यक्ष भुवन केसीले यसप्रकारले सातै प्रदेशमा रहेका छायांकन सम्भावित क्षेत्रहरुलाई समेटेर श्रव्यदृश्य सामग्री बनाउँदै जाने बताए । उनले भने, ‘यस प्रकृतिका सामग्रीहरु बोर्डले निरन्तर बनाउँदै विश्वव्यापी पुर्याउनेछ । नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा विश्वव्यापी प्रवर्द्धन गर्ने योजनाअनुरुप हालको लागि गण्डकी प्रदेशमा रहेका केहि प्रमूख छायांकनस्थलहरु समेटिएको वृत्तचित्र सार्वजनिक गरेका हौँ ।’
नेपालमा चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सरकारको गहिरो चासो रहेको र सोहि अनुरुप चलचित्र विकास बोर्डले काम गरिरहेको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले बताए । ‘बोर्डले स्पष्ट रूपमा नेपालमा चलचित्रको भिन्न पक्षको प्रवर्द्धनमा सहयोग गर्ने वातावरण सिर्जना गरेको छ । नेपालमा नेपाली चलचित्रहरूको मात्र नभई विश्वका ठुला चलचित्र उद्योगहरुमा बनिरहेका चलचित्रहरुको समेत छायांकन हुँदै आएको छ । यसलाई ठुलो संख्यामा विकास गर्ने उद्देश्यस्वरुप प्रवर्द्धनात्मक सामग्रीहरु बोर्डले प्रकाशन तथा निर्माण गर्ने उद्देश्य लिएको छ । यसबाट चलचित्र पर्यटनको उल्लेख्य विकास हुने बिश्वास लिएका छौ’, गुरागाईंले बताए ।
नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायांकन स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डबाट विभिन्न प्रयासहरु भईरहेका छन् । यसकै क्रममा वि।सं। २०७६ सालमा लोकेशन गाइडको रुपमा विश्वव्यापी प्रयोग हुने उद्देश्यसहित ‘फिल्मिङ् इन नेपाल- भोल्यूम १’ पुस्तक पनि प्रकाशन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार